महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि डेढ अर्बको बजेट विनियोजन गरेको
छ । भीमदत्तको सातौ नगर सभाबाट नीति तथा कार्यक्रम सहित एक अर्ब ४६ करोड २३ लाख बजेटको विनियोजन गरिएको छ ।
नगर सभाबाट ८६ करोड ६९ लाख चालु र ५९ करोड ४६ लाख पूँजीगत बजेट विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १५ करोड बढी हो । गत वर्ष एक अर्ब ३१ करोड बजेट विनियोजन गरिएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ । बजेटमा कोरोना महामारी, शिक्षा, स्वास्थ्य, कृषि, उत्पादन र रोजगारलाई प्राथमिकता दिइएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीलाई मध्यनजर गरी कृषि उत्पादन, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट विनियोजन गरिएको बताउनु भयो ।
‘अहिले विश्व कोरोना महामारीको चपेटामा छन, मानव अस्तित्व जोगाउन विश्व समुदाय लागि परेको छ, नगर प्रमुख विष्टले भन्नु भयो,‘यो अवस्थामा कोरोना महामारी रोकथाम, नियन्त्रणलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट ल्याइएको छ ।’
आगमी वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रण सहितका नयाँ कार्यक्रम समावेश गरिएका छन् । एक सहकारी एक उत्पादन, विपन्न पहिचान, करेसाबारी निर्माण लगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् ।
आगामी वर्षको बजेटमा १५ करोड ३ लाख ५७ हजार आन्तरिक आम्दानी समावेश गरिएको छ । चालु आर्थिक वर्षमा १३ करोड आन्तरिक आम्दानीको लक्ष्य राखिएको थियो ।
बजेटमा संघ सरकारको वित्तिय समानीकरण २३ करोड ९७ लाख, प्रदेश सरकार वित्तिय समानीकरण ८७ लाख ५८ हजार र संघ सरकारको सशर्त अनुदानबाट ४४ करोड ७८ लाख आउने लक्ष्य राखिएको छ ।
यसैगरी बजेटमा संघ सरकार राजश्व बाँडफाँट १४ करोड २३ लाख, प्रदेश सरकार राजश्व बाँडफाँट ६९ लाख ६१ हजार, संघ सरकार समपुरक अनुदान २ करोड ४४ लाख, प्रदेश सरकार समपुरक अनुदान २ करोड ७९ लाख आउने अनुमान गरिएको छ ।
संघ सरकारको एक करोड र प्रदेश सरकारको ५६ लाख विशेष अनुदानबाट बजेट पूर्ति गरिनेछ । नगरपालिकाले आगामी वर्षका लागि ३० करोड सामाजिक सुरक्षा अनुदानमा विनियोजन गरेको छ ।
क्षेत्रीय सहरी विकास आयोजना ५ करोड, सडक बोर्ड नेपाल ६० लाख, नगर विकास कोष २ करोड र जन सहभागिताबाट २ करोड आम्दानी हुने लक्ष्य राखिएको छ । भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि बजेटको आकार बढाउन थालिएको हो ।
स्थानीय तह निर्वाचनको पहिलो वर्षमै झण्डै झण्डै २० करोड बजेटलाई वृद्धि गरी अर्बमा पुगाइएको थियो ।
आन्तरिक स्रोत तीन वर्षमा तेब्बर पुगेको छ ।
स्थानीय तह निर्वाचनको पहिलो वर्ष नगरपालिकाको आन्तरिक स्रोत पाँच करोड हाराहारी थियो । त्यसलाई पहिलो दोब्बर वृद्धि गरी अहिले आएर १५ करोड पुगाइएको छ ।
नगरपालिकाले आगामी वर्ष टोल टोलमा मेयर आधारभूत स्वास्थ्य सेवा कार्यक्रम र बाल मृत्युदर न्यूनीकरण र सुरक्षित मातृत्वका लागि सुनौला हजार दिन कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ ।
स्वास्थ्य संस्था नभएका वडामा संस्था विस्तार गरी स्वास्थ्य सेवा उपलब्ध गराउने नीति लिइएको छ । विपन्न र ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्य परीक्षण सेवा दिने नीति अबलम्बन गरिएको छ । नगरपालिकाले विपन्न परिवारका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने भएको छ ।
महिला स्वास्थ्य स्वयमु सेविकाहरुको सेवा सुविधा वृद्धि गरिने भएको छ । कोरोना महामारी सहित अन्य संक्रामक रोग रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग रोकथाम नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रम समावेश गरिएको छ ।
पिसिआर मेसिन खरिद, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य जनशक्ति व्यवस्थापन लगायत कार्यक्रम पनि समावेश गरिएका छन् ।
कृषि क्षेत्र विकासका लागि आगामी वर्ष स्वदेशी वस्तुको उपभोग गरौ, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौ अभियान सञ्चालन गर्ने नीति कार्यक्रम ल्याएको छ । एक वडा एक उत्पादन कार्यक्रम, कृषि अनुदान कार्यक्रम, व्यवायिक किसान परिचय पत्र, खाद्य उत्पादन बढाउन सघन खेती, तीन बाली तीन खेती कार्यक्रम पनि समावेश गरिएको छ ।
निजी क्षेत्रसंग सहकार्य गरी फलफूल विरुवा आधुनिक नर्सरी स्थापना गरिनेछ । नश्ल सुधार, कृषि मेला, हाट बजार, खाद्य बैंक, सित भण्डार, दान उत्पादन, मलखाद उद्योग स्थापना लगायत कार्यक्रम पारित गरिएका छन् ।
साना किसान र घरबार मात्रै भएका नगर वासिन्दालाई मध्यनजर गरी करेसाबारी प्रवद्र्धन कार्यक्रम ल्याइएको छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा, योग शिक्षा, वृति परामर्श कक्षा, वैकल्पिक शिक्षा सञ्चालन जोड दिइएको छ ।
सामुदायिक विद्यालयको दरबन्दी मिलान, सूचना प्रविधि, सुरक्षित भवन, प्रयोगशाला लगायतका भौतिक र शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी वर्ष एक वडा एक नमूना विद्यालय निर्माणको नीति अबलम्बन गरिएको छ ।
खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिदैृ खेलकूद प्रतियोगिता सञ्चालन र सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने कार्यक्रम राखिएको छ । सोलार सिँचाई, थोपा सिँचाई, लिफ्ट सिँचाई प्रणालीलाई बजेटमा जोड दिइएको छ ।
नगरपालिकाले कोभिड १९ लाई मध्यनजर गरी सामाजिक संस्थाहरुको सहकार्यमा गाउँ गाउँ तथा टोल टोलमा हात धुने स्वच्छता अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाले दिगो विकास अवधारणालाई आत्मसात गरी पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
नेपाल सरकारलाई एशियाली विकास बैंकको अनुदान सहयोग सञ्चालिन क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत फोहरमैला व्यवस्थापन स्थापनालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका टोलभित्रका सडकलाई ६०÷४० साझेदारीमा कालोपत्रे गरिनेछ ।
घाँडीघाँच क्षेत्रको जैविक धार्मिक पर्यटकीय मार्ग कालोपत्रे कार्यलाई निरन्तरता दिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको शुक्लाफाँटा पर्यटन मार्ग, नगर बाह्य चक्रपथ र भित्री चक्रपथ कालोपत्रे कार्यलाई बजेटमा निरन्तरता दिइएको छ ।
आगमी वर्ष नगर यातायात गुरु योजना लागू गर्ने नीति लिएको छ । नगर बाह्य चक्रपथमा विद्युत वस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।
नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण, थप ८ वडा कार्यालयको भवन निर्माण सुरु, कञ्चन मल निर्माण सुरु, सिटी हल सञ्चालनका लागि नगर विकाससंग समन्वय र विपन्न आवाश कार्यक्रम सञ्चालनलाई बजेटमा समावेश गरिएको छ ।
नगपालिकाले उत्पादन र रोजगारीसित जोडिएका सहकारीहरुको विकासका लागि सहयोग गर्ने नीति लिएको छ । सहकारीको भौतिक पूर्वाधार विकास सहयोग गर्ने कार्यक्रम छ । नगरपालिकाले एक सहकारी एक वस्तु उत्पादन नीतिलाई आत्मसात गरेको छ ।
सहकारीको मर्जर, एकीकृत व्यापारिक केन्द्र निर्माणलाई पूर्णता, लघु उद्यम विकास कार्यक्रम सञ्चालन कार्यक्रम पनि आगामी वर्षको नीति तथा कार्यक्रममा छन् ।
भारतबाट घर फर्किएका वासिन्दाको सीप परीक्षण गरी सीपका आधारमा काम उपलब्ध गराउने पहल गर्ने नगरपालिकाको नीति छ । यसैगरी बेरोजागरी र त्यसलाई मध्यनजर हुने गरी सञ्चालन गरिने तालिमलाई व्यवस्थापन गनए उद्यम विकास मञ्च गठन गरिने भएको छ ।
नगरपालिकाले विदेशबाट घर फर्किएका वासिन्दालाई स्वरोजगार बनाउन अनुदान दिने व्यवस्था गरिएको छ । मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
जैविक विविधता संरक्षणका लागि गत वर्षदेखि सुरु एक सामुदायिक वन एक पोखरी कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइएको छ । आगामी वर्ष एक वन एक आय आर्जन कार्यक्रम अघि सारिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका वस्तीमा बैकल्पिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ । नगरपालिकाले बहुउद्देश्यीय हाइटेक नर्सरी स्थापना गर्न पहल गर्ने नीति समावेश गरिएको छ ।
विद्यार्थीलाई वन, वातावरण, जैविक विविधता संरक्षणका कार्यमा अभिप्रेरित गर्न एक विद्यालय एक नर्सरी कार्यक्रम ल्याइएको छ । नगरपालिकालाई प्लाष्टिक मुक्त नगर बनाउन कागज र कपडाको झोला उत्पादन कार्य थालनी गरिने छ ।
ढल व्यवस्थापन कार्य गुरु योजना बनाएर लागू गरिने छ । मेरो सहर म आफै सफा गर्छु अभियान सञ्चालन, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, फोहरबाट उर्जा उत्पादन लगायतका नीति तथा कार्यक्रम पारित गरिएका छन् ।
विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गरिने भएको छ । उज्यालो भीमदत्त कार्यक्रम र बायोग्याँस प्लान्ट निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
नगरपालिकाले कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई मध्यजनर गरी आगामी वर्षका लागि दिगो पर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको छ । भ्यू टावरको सम्भाव्यता अध्ययन गरी निर्माण थालनी गर्ने लक्ष्य लिइएको छ । भीम वाटिकामा इको पार्क निर्माण कार्य थालनी गरिनेछ ।
ब्रह्मदेब क्षेत्रमा साँस्कृतिक सम्पदा संरक्षण कार्यलाई निरन्तरता दिदैैं साहसिक जलयात्रा(¥याफ्टिङ्ग) सञ्चालन गरिने कार्यक्रम अघि सारिएको छ ।
कोरोना महामारीलाई मध्यनजर गरी गरिएको लकडाउनका कारण समस्यामा परेका सञ्चार माध्यमलाई सहयोग गर्ने नीति लिइएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुर र भीमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित सञ्चार माध्यममा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि सहकार्य गरिने छ ।
ज्येष्ठ नागरिकलाई नगरपालिका क्षेत्रभित्रका धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तरता दिइएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री उपलब्ध, विपन्न, दलित, आदिवासी, जनजाति लगायतका पछाडि परेका समुदायका लागि विशेष कल्याणकारी आय मुलक कार्यक्रम सञ्चालन, हिंसा पीडित महिलाका लागि सेवा केन्द्र सञ्चालन लगायतलाई निरन्तरता दिइएको छ ।
आगामी वर्ष नगर प्रोफाइल तयार गरी सार्वजनिक गर्ने लक्ष्य लिइएको छ । भौतिक पूर्वाधा निर्माण कार्यका लागि एक वडा एक प्राविधिको व्यवस्था गरिएको छ ।
नगरापालिकाल हाम्रो नगर हाम्रै कर, समृद्ध नगर बनाउने हाम्रै रहर अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिएको छ । स्थानीय तह निर्वाचनपछि यो अभियान सञ्चालन गरिएको हो । यो अभियानका कारण झण्र्डै पाँच करोड हाराहारीको आन्तरिक आन्दानी तेब्बरसम्म पुगेको छ ।
कोरोना महामारीका कारण व्यापार व्यवसायमा परेको असर मूल्याङ्कन गरी सहुलियत प्रदान गरिने छ । त्यसका लागि कार्यदल गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले आगामी वर्ष नगरको राजश्व सुधार कार्य योजनालाई लागू गर्ने नीति लिएको छ ।
नगरपालिकाका सूचना तथ्याङ्क एकीकृत गरी व्यवस्थित गर्न तथ्याङ्ग शाखा स्थापना गरिने भएको छ । सार्वजनिक जग्गा संरक्षण, घर नम्बरिङ्ग, २५ वर्षे रणनीतिक गुरु योजना प्रकाशन लगायतका कार्यक्रम पनि आगामी वर्षको नीति तथा कार्यक्रममा छन् ।
समुदाय स्तरमा विवाद आपशी सहमतिमा मिलाउन वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गर्ने कार्यक्रम पारित गरिएको छ । हालसम्म १९ ओटै वडामा मेलमिलापकर्ता छनौट गरिएका छन् ।
नगरपालिकाले नगरको विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई निरन्तरता दिने दिएको छ । स्वदेश र विदेशका सहरसित भगिनी सम्बन्ध स्थापना गर्ने गरिनेछ ।
भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले सञ्चालन गरेको नगर सभामा नगर उप प्रमुख सुशिला चन्द सिहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले विविध विषय प्रस्तुत गर्नु भएको थियो ।
नगर सभाबाट नीति कार्यक्रम बजेट सहित विधेयक पारित गरिएका हुन् । नगर सभालाई सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु प्रकाश रावल, मान बहादुर सुनार र लाल बहादुर खड्काले सम्बोधन गर्नु भएको थियो ।
नगर सभा सदस्यहरुलाई स्वास्थ्य परीक्षणपछि मात्रै नगर सभा हलमा प्रवेश गराइएको थियो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकामा यो नीति तथा कार्यक्रम र बजेट सहितको चौथो नगर सभा हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वर्षमा दुई नगर सभा गर्नु पर्ने प्रावधान छ ।