महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले वडा नं. १४ मा खेल मैदान बनाउने घोषणा गर्नु भएको छ ।
स्थानीय तह निर्वाचनपछि नगरपालिकाले खेलकूदको विकासका लागि एक वडा एक खेल मैदानको नीति अघि सारेको उल्लेख गर्दै वडा नं. १४ मा जग्गा पाए तत्काल खेल मैदान बनाउने घोषणा गर्नु भएको हो ।
‘नगरपालिकाले खेलकूदको विकासका लागि एक वडा एक खेल मैदानको नीति अघि सारेको छ, वडा नं. १४ मा जग्गाको व्यवस्था हुन सके तत्काल खेल मैदान बनाउँछौ’ सामाजिक विकास सेवा केन्द्र नेपालले वनकट्टीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि नगरपालिका सधैं प्रतिवद्ध छ ।’
नगर प्रमुख विष्टले एक वडा एक खेल मैदान कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिका ९ मा ठूलो खेल मैदान निर्माण गरिएको उल्लेख गर्दै नगरपालिकाकालाई खेलकूदका माध्यमले चिनिने गरी कार्य अघि बढेको बताउनु भयो ।
भीमदत्त नगरपालिकाका सबै २५ हजार घरधुरीलाई समेटेर एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । नगर वासिन्दालाई खेलकूदसंगै स्वरोजार बनाउन महाकाली नदीमा साहसिक जलयात्राको परीक्षण गरी स्थानीय १० युवालाई तालिम समेत दिएको बताउनु भयो ।
झोलुङ्गे पुल हुँदै बागफाँटासम्म शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरी स्थानीयलाई आवागमन र पर्यटनबाट लाभ दिने लक्ष्य राखिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले झोलुङ्गे पुल आउने पर्यटकलाई हात्तीसारको जमुनाभाडी पुगाएर चित्तल र मयुर देखाउन सकिने बताउनु भयो ।
भीमदत्त नगरपालिका १४ मगर संस्कृति जोगाउन मगर होमस्टेको अवधारणा अघि सारिएको नगर प्रमुख विष्टको भनाई थियो ।
क्लाफाँटा पर्यटन मार्ग र रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मागलाई जोडेर नगर चक्रपथ बनाउन थालिएको उल्लेख गर्दै त्यसका लागि ती दुबै खण्डमा १०÷१० करोडको ठेक्का गरी काम सुरु गरिएको नगर प्रमुख विष्टले बताउनु भयो ।
कार्यक्रममा स्थानीयले युवाका लागि वडामा खेल मैदान आवश्यक भएकाले नगर प्रमुख विष्टको ध्यानाकर्षण गराएका थिए ।