• Thu. Nov 14th, 2024

भीमदत्तको १४ नम्बर वडामा सरसफाई अभियान सुरु, सबै टोलमा अभियान सञ्चालन गरिने

Byभीमदत्त अनलाइन

२५ आश्विन २०७७, आईतवार १९:०० २५ आश्विन २०७७, आईतवार १९:०० २५ आश्विन २०७७, आईतवार १९:००

 

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ मा जनचेतना मुलक सरसफाई अभियान सुरु भएको छ । वनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयबाट शनिबारदेखि सरसफाई अभियान थालिएको छ ।

सामाजिक विकास सेवा केन्द्र नेपालको अगुवाईमा वडाका सबै टोल सञ्चालन गर्ने लक्ष्य राखेर सुरु गरिएको अभियानलाई स्थानीयले साथ दिएका छन् ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले औपचारिक कार्यक्रमकाबीच सरसफाई अभियान उद्घाटन गर्नु भयो । मेयर विष्टले सरसफाई समाजका लागि अति आवश्यक भएकाले १४ नम्बर वडाको अभियानले नगरपालिकाभरि सन्देश जाने बताउन् भयो ।

‘वडाभरि सरसफाईका लागि जनचेतना जगाउने लक्ष्य सहित यो अभियान सुरु गरिएको छ, समाजमा यसको राम्रो सन्देश जान्छ’ मेयर विष्टले भन्नु भयो, ‘यस अभियानले नगरपालिकाभरि सरसफाई सम्बन्धि सकारात्मक सन्देश जानेछ ।’

भीमदत्त नगरपालिकाको समृद्धि नगरपालिका, जनप्रतिनिधि र कर्मचारीले मात्रै सम्भव नहुने उल्लेख गर्दै उनले युवा सहित सुरु गरिएको सरसफाई अभियानले वडा नमूना वडा बन्ने बाटोतिर अग्रसर भएको धारणा राख्नु भयो ।

भीनपा १४ का अध्यक्ष उत्तम बहादुर विष्टले स्थानीयलाई सचेत गराउन विद्यालयबाट अभियान सुरु गरिएको बताउनु भयो ‘विद्यालयमा क्वारेन्टिन राखिएको थियो, त्यसैले यहींबाट सुरु गरिएको छ’ अध्यक्ष विष्टले भन्नु भयो, ‘यसलाई वडाभरिन नै लैजान्छौ ।’

विद्यालय क्वारेन्टिन बसेका व्यक्तिले डस्टबिन प्रयोग नगरी फोहर फालि दिएको अध्यक्ष विष्टले बताउनु भयो । भीनपा १४ मा ७ टोल छन् । सबै टोलका वासिन्दालाई सरसफाई सम्बन्धि जनचेतना जगाउने लक्ष्य लिएको सामाजिक विकास सेवा केन्द्र नेपालका अध्यक्ष रतनपति जोशीले बताउनु भयो ।

‘सरसफाई सम्बन्धि जनचेतना फैलाउने यो अभियान सुरु गरिएको छ, यसलाई सबै टोलमा लैजान्ज्छौ’ अध्यक्ष जोशीले भन्नु भयो ।

कार्यक्रममा सहभागी स्थानीयले वडामा पूर्वाधार निर्माणका कार्य अघि बढेको उल्लेख गर्दै खेलकूद मैदान, विद्युत, युवालाई रोजगार लगायतको व्यवस्था गरिनु पर्ने माग गरे ।

‘बाटो समस्या थियो, त्यो बन्दैछ, त्यसमा प्रगति हुँदैन, खेलकूदमा पछाडि छ, बेरोजगारी छ’ स्थानीय राजु कुँबरले भन्नु भयो, ‘यसका लागि पनि नगरपालिकाले हेरि दिनु माग गर्छौ ।’

संस्थाका अध्यक्ष जोशीको अध्यक्षता र मेयर विष्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा वडा अध्यक्ष विष्ट सहित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १४ नम्बरका वडा अध्यक्ष सीतादेबी सिह, नेकपाका भीमदत्त नगर कमिटी सदस्य विष्णुदत्त जोशी, भीमदत्तका मेयर विष्टको सचिवालयका जनसम्पर्क तथा प्रशासनिक सल्लाहकार प्रेम बहादुर सिह लगायत सहभागी भएका छन् ।

संस्थाका सचिव दिपक बहादुर सिहले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष भारती सिहले स्वागत मन्तव्य राख्नु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *