• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तको ६४ औँ कार्यपालिका बैठकद्धारा दुई कार्यविधि पारित, शिक्षक विज्ञ समुह गठन

Byभीमदत्त अनलाइन

१ मंसिर २०७८, बुधबार १७:४५ १ मंसिर २०७८, बुधबार १७:४५ १ मंसिर २०७८, बुधबार १७:४५

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ६४ औँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । मंगलबार नगरपालिकाको ६४ औँ कार्यपालिका बैठक सम्पन्न भएको हो । नगर कार्यपालिकाको बैठकले कार्यविधि पारित गर्नुका साथै महत्वपुर्ण निर्णय गरेको नगर प्रवत्ता हिमाल चन्दले जानकारी दिनुभयो उहाँका अनुसार नगरपालिकाले नगद सहायता कार्यविधि र सार्वजनिक सुनवाई सम्बन्धि कार्य विधि पारित गरेको हो ।

नगरपालिकाले विभिन्न क्षेत्रलाई प्रदान गर्ने सहायतलाई व्यवस्थित बनाउन कार्यविधि ल्याईएको हो । कार्य विधिपछि ऋण सहयता, आपतकालीन विपद्मा कोष परिचालनसँगै सार्वजनिक खर्चको पारिदर्शिता र जवाफदेहिता बढाउने प्रवत्ता चन्दको भनाई छ । त्यस्तै पालिकामा हुने सार्वजनिक सुनवाईलाई व्यवस्थित बनाउने कार्यविधि पारित गरेको छ । जसमा कार्यक्रम सञ्चालन विधि, आचारसंहिता, प्रतिवेदन ढाँचा र जवाफदेहिताका विषयहरु समेटिएका छन् ।

विज्ञ शिक्षक समुह गठन

नगरपालिकाको ६४ औँ कार्यपालिका बैठकले विज्ञ शिक्षक समुह समेत गठन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले प्रस्ताव गरेका पाँच जनालाई कार्यपालिकाले विज्ञ शिक्षक समुहको सदस्यमा मनोनित गरेको नगर प्रवत्ता चन्दले बताउनु भयो ।
समुहमा चार जना शिक्षकलाई विभिन्न विषय विज्ञका रुपमा चयन गरको छ । जसमा सरस्वती मावि उल्टाखामका नवराज पन्त, निङ्गलाशैनी मावि गोबरियाका भवानी चन्द, बैजनाथ मावि महेन्द्रनगरका हरिराज विष्ट र महेन्द्र मावि(साधारण)का शिक्षक उमाकान्त भट्टलाई विषय विज्ञ शिक्षकको रुपमा मनोनित गरेको छ । समुहले स्थानीय पाठ्यक्रम विकासलगायत विद्यालयको शैक्षिक स्तर सुधारको लागि आवश्यक सुझाव सल्लाह दिनेछ ।

सडक मर्मत संभार र प्रकोपमा बजेट थप

नगरपालिकाको ६४ औँ कार्यपालिका बैठकले मर्मत संभार र प्रकोप व्यवस्थापनका लागि बजेट थप गर्ने निणर्य पनि गरेको छ । नगरपालिकाले आपतकालिन प्रकोपको लागि १० लाख रुपयाँ विनियोजन गरेकोमा त्यसमा बजेट थप गर्ने निर्णय भएको हो ।
नगर प्रवत्ता चन्दका अनुसार कार्तिक पहिलो साता आएको बेमौसमी बाढी र डुबानका कारण भएको क्षती न्युनिकरणका लागि बजेट थप गर्ने निर्णय भएको हो । ‘बेमौसमी वर्षाले ठुलो क्षति पु¥याएको छ, बाढीले कतिपय बाटोहरु भत्काएको छ ।’ प्रवत्ता चन्दले भन्नु भयो ‘ती सडक मर्मत संभार र अन्य प्रकोप व्यवस्थापनका लागि आवश्यक बजेट थप गर्ने निर्णय गरिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *