• Mon. May 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तको ८ नं. वडामा बन्यो खेल मैदान

Byभीमदत्त अनलाइन

१५ भाद्र २०७६, आईतवार १३:१८ १५ भाद्र २०७६, आईतवार १३:१८ १५ भाद्र २०७६, आईतवार १३:१८

महेन्द्रनगर, १५ भदौ
भीमदत्त नगरपालिका वडा नं. ८ मा खेल मैदान निर्माण गरिएको छ । वडा कार्यालयले गत आर्थिक वर्ष सिद्धनाथ टोलमा खेल मैदान निर्माण गरेको छ ।

भीनपा–८ का वडा अध्यक्ष ध्वज बहादुर विष्टले वडामा खेल मैदान नभएकाले गत वर्ष खेल मैदान निर्माण गरिएको बताउनु भयो । वडा अध्यक्ष विष्टले यस वर्षदेखि मैदानमा खेलकूद गतिविधि गरिने बताउनु भयो । ‘वडामा खेलमैदान थिएन, खेलाडीहरुलाई खेल्न निकै नै अप्ठेरो थियो’ वडा अध्यक्ष विष्टले भन्नु भयो, ‘वडाभित्र खेलकूदको विकास, प्रवद्र्धन गर्ने लक्ष्य अनुसार खेल मैदान निर्माण गरिएको छ ।’

दुई बिगाहा जमिनमा फैलिएको खेलकूद मैदान निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । वडा अध्यक्ष विष्टले प्रदेश सरकारले खेल मैदान निर्माण गर्न सहयोग गरेकोमा धन्यवाद दिनु भयो । ‘अहिले खेल मैदान निर्माण गरिएको स्थान खोलाको बगरझै थियो, यो वडा नं ८ र १० को सीमा हो, वडाभित्र खाली सार्वजनिक जमिन खोज्ने क्रममा खेल मैदानका लागि यहीं उपयुक्त देखियो’ वडा अध्यक्ष विष्टले भन्नु भयो, ‘यसको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

भीनपा–८ का वडा सदस्य खगेन्द्र विष्टले प्रदेश सरकारको सहयोगमा खेल मैदानमा माटो भरान, पर्खाल निर्माण, जाली भरान लगायतका कार्यक्रम गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख नगर उप प्रमुख सुशिला चन्द सिह, वडा अध्यक्ष विष्ट, सदस्य खगेन्द्र विष्ट लगायतले खेल मैदानको स्थगलत निरीक्षण गर्नु भएको छ ।
मैदान निरीक्षणका क्रममा कार्य वाहक नगर प्रमुख चन्दले खेलकूदको विकासका लागि भीमदत्त नगरपालिका सधैं प्रतिवद्ध रहेको बताउनु भयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले एक वडा एक खेल मैदान नीति घोषणा गर्नु भएको थियो । नगर प्रमुख विष्टको घोषणा अनुसार नगरपालिका वडाहरुमा खेल मैदान निर्माण गर्न लागिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *