• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तद्धारा गठित कोभिड–१९ संकट व्यवस्थापन समितिहरुद्धारा प्रभावकारी रुपमा काम हुदैँ

Byभीमदत्त अनलाइन

८ जेष्ठ २०७८, शनिबार १६:३६ ८ जेष्ठ २०७८, शनिबार १६:३६ ८ जेष्ठ २०७८, शनिबार १६:३६

महेनद्रनगर ८ जेठ । भीमदत्त नगरपालिकाद्धारा गठित कोभिड-१९ संकट व्यवस्थापन समन्वय तथा निर्देशन समितिको मिति २०७८/०१/१९ गते बसेको बैठकले विभिन्न उप समितिहरु गठन गरेको थियो । उक्त समितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।

भीमदत्त नगरपालिकाका कोभिड सचिवालय सदस्य उत्तम विष्टले जिम्मेवारी तोकिएका समितिहरुले प्भावकारी रुपमा काम गरिरहेको बताउनु भयो ।
उहाँका अनुसार समितिले गरेको कामको रिर्पोटिङ नगर प्रमुख सुरेन्द्र विष्ट र सचिवालयलाई नियमित भईरहेको छ । नियमित रिर्पोटिङ अनुसार समितिहरुले कोरोना रोकथाम नियन्त्रण र व्यवसथापनका लागि प्रभावकारी रुपमा काम गरिरहेका छन् ।
सोही अन्र्तगत दाउरा व्यवस्थापन समितिले तपशिल बमोजिमका कार्य योजना सम्पन्न गरिको कोभिड सचिवालयले जनाएको छ ।
१. जिल्ला वन कार्यालयका जिल्ला वन अधिकारीसँग समन्वय बैठक
२.जिल्ला वन कार्यालयबाट वन पैदावार आपुर्ती समितिले निर्धारण गरेको न्युनतम शुल्कमा ५ चट्टा काठ भीमदत्त नगरपालिकालाई उपलब्ध गराईएको छ ।
३.भीमदत्त न.पा.ले जिल्ला वन कार्यालयबाट उपलब्ध गराएको ४ चठ्ठा दाउरा काठ कोभिडद्धारा मृत्य व्यक्तिको शव अन्त्यष्ठी कार्यमा उपलब्ध गराएको र बाकी रहेको १ चट्ठा काठ सानो रुपमा चिरान गरि उपलब्ध गराउने ।
४. दाउरा व्यवस्थापन समितिको समन्वय बैठकबाट जिल्लामा अवस्थित सम्पुर्ण सामुदायिक वन उपभोक्ता समिति ,काठ व्यवसायहरु तथा शुक्लमफाँटा मध्य
वर्ती ब्यवस्थापन समितिलाई दाउराको रुपमा प्रयोग गर्न सकिने काठ उपलब्ध गराईदिन हुन अनुरोध गरिएको ।
५. वन उपभोक्ता महासंघ कञ्चनपुरको समन्वयमा भीनपा– ९ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समिति र वेदकोट नगरपालिका वडा नम्बर ५ मा रहेको बछेला सामुदायिक वन उपभोक्ता समितिले साथै भिनपा–१० मा अवस्थित शान्ती सामुदायिक बन उपभोक्ता समितीले एक÷एक ट्याक्टर दाउरा काठ उपलब्ध गराउने आश्वसन प्राप्त ।
६. दाउरा ब्यवस्थापन लाई प्रभावकारी बनाउन समितिले शुक्लफाटा मध्यवर्ती ब्यवस्थापन समिती सङ्ग समन्वय गरेको र सो कार्यालय बाट पनि सकारात्मक प्रतिकृया प्राप्त्र
६. हालसम्म सम्पुर्ण काभिडद्धारा मृत्य व्यक्तिहरुको शव व्यवस्थापनमा सहजगर्न टेवा मिलोस भन्ने अभिप्रायले दाउरा उपलब्ध गराइएको र सो कार्य निरन्तर रहने जानकारी गर्दै आर्थिक रुपले अति विपन्न र घरबार बिहिन बेसहरा बाहेक अन्य व्यक्तिको हकमा समितिले तोकेको न्युनतम शुल्क लिने निर्णय गरियो ।
७. दाउरा व्यवस्थापनलाई प्रभावकारी बनाउन मिति २०७८÷०२÷ण्८ गते जिल्ला वन अधिकारी ज्युसँग समन्वय भर्च्युअल बैठक बस्ने निर्णय ।

दाउरा व्यवस्थापन समिति विवरण
१. उत्तम विष्ट–सदस्य भीनपा स्वास्थ्य समिति
२.शिवराज अवस्थी– रेञ्जर जिल्ला वन कार्यालय
३.भगवती थापा– शुक्लाफाँटा मध्यवर्ती वन व्यवस्थापन समिति,सल्लाहकार
४. लक्ष्मी साउद– जिल्ला वन उपभोक्ता महासंघ,अध्यक्ष
५.गजेन्द्र विक्रम थापा– जिल्ला वन पैदावार ब्यवसायी संघ ,अध्यक्ष
६. रविन्द्र कुवँर– चुरे सञ्जाल कञ्चनपुर अध्यक्ष ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *