• Mon. Nov 4th, 2024

भीमदत्तद्धारा जलवायु परिवर्तन, विपद् व्यवस्थापन र दिगो विकासका लागि आयोजित ‘कञ्चनपुर सम्मेलन’ सम्पन्न

Byभीमदत्त अनलाइन

५ पुष २०७८, सोमबार १२:४५ ५ पुष २०७८, सोमबार १२:४५ ५ पुष २०७८, सोमबार १२:४५

महेन्द्रनगर ०५ पुस । सुरक्षित र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्चको आवधारणसहित महेन्द्रनगरमा पहिलो कञ्चनपुर सम्मेलन–२०७८ सम्पन्न भएको छ । आईतबार भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिर्वतन, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन सम्पन भएको हो । सम्भेलनमा जलवायु अनुकुलनसँगै र उत्थानशिल शहर र दिगो विकासबारे छलफलसहित भावि रणनीति तय गरेको छ । भीमदत्त नगरपालिकाको आयोजना तथा एनएनएसडब्लुए र डीसीएको प्राविधिक साझेदारीमा गरिएको सम्मेलन हरेक वर्ष आयोजना हुने बताईएको छ । जिल्लाका नौ वटै पालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सरोकावारवाला निकायका प्रतिनिधिहरुको सहभागीता भएको सम्मेलन विभिन्न विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थान, उत्थानशिल शहर र दिगोको विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।
उहाँका अनुसार सम्मेलनमा जलवायु परिवर्तनले ल्याएको संकट तथा सृजित विपद्को जोखिम तथा रोकथामबारे छलफल भएको छ ।

कार्यक्रममा नगर प्रमुख विष्टले विपद् व्यवस्थापन, दिगो विकास र उत्थानशिल शहरबारे नगरपालिकाले गरेका काम बारे जानकारी गराएका थिए । उहाँले भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरु योजना निर्माण, आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगर विकास समितिले काम गरिरहेको बताउनु भयो । उहाँले सबै पालिकाले साझा समस्या समाधानका अन्तरपालिका समन्वय, सहकार्य र सहयोगमा जोड दिए । सुरक्षीत र दिगो विकासको लागि उत्थानशिल पालिका मञ्चलाई स्थानीय तहका विभिन्न साझा र सरोकारका विषय छलफल गर्ने फोरमको रुपमा अघि बढाईने उहाँको भनाई छ । सम्मेलनबाट जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनिकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा नौ वटै स्थानीय तहका प्रमुख, उप–प्रमुखले हस्ताक्षर गरेका छन् । घोषणापत्रमा जलवायु अनुकुलन सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भु–उपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सुचना प्रणालीको स्थापना, र समुदायको पहुँत विस्तार गर्ने लक्ष्य लिईएको छ ।

त्यस्तै जोखिम नियन्त्रणका लागि श्रोत साधनको पहिचान र व्यवस्थापन, आवश्यक जनशक्ती उत्पादनसँगै खोज अनुसन्धानको विकास, एकिकृत योजना निर्माण, हरित नगरको अभियान अघि बढाउने, प्रत्येक वर्ष सुरक्षीत र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने विषयहरु घोषणापत्रमा समेटिएका छन् । सम्मेलनमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवन थापाले अगामी वर्ष पुनर्वास नगरपालिकाले उक्त सम्मेलन आयोजना गर्ने बताउनु भयो । उहाँले दिगो विकास र समृद्धि सामुहिक पहलमा सम्भव हुने बताउनु हुदैँ त्यसका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।


त्यस्तै कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले भीमदत्तको अगुवाईमा भएको कार्यक्रमले जिल्लाको मात्रै नभई सुदूरपश्चिमकै जलवायु अनुकुलन, विपद्को जोखिम व्यवस्थापनका लागि महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले साझा समस्याको पहिचान र समाधानका लागि उत्थानशिल पालिका मञ्चले काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले पनि कञ्चनपुर सम्मेलन सराहनीय रहेको बताउनु हुदैँ आयोजक भीमदत्त नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले मञ्चका साझा कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाको सधै सहयोग र सहकार्य रहने प्रतिवद्धता पनि जनाउनु भयो ।


दोधरा चाँदनी नगरपालिकाकी उप–प्रमुख चिनि गिरीले कञ्चनपुर प्रकृति प्रकोपको उच्च जोखिममा रहेकाले प्रदेश र संघ सरकारबाटै त्यसको व्यवस्थापनका लागि स्पष्ट नीति र कार्यक्रम आउनु पर्ने बताउनु भयो । जिल्ला जलवायु परिर्वतन, विपद् व्यवस्थापन र दिगो विकासका लागि साझा रुपमा पालिका मञ्चले काम गर्नुपर्ने उहाँको भनाई छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेयले विपद् जोखिम नियन्त्रणका लागि सामुहिक योजना र प्रतिवद्धतामा जोड दिनुभयो । साथै उहाँले पालिका मञ्चको अवधारणाले साझा समस्या सामाधानका लागि प्रभावकारी हुने बताउनु हुदैँ नीति तथा कार्यक्रमको कार्यान्वयमा जोड दिुनपर्ने औल्याउनु भयो । महिला तथा सामाजिक विकास समिति सभापति एंव्म संघिय सांसद निरु पालले भीमदत्त नगरपालिकाले आयोजना गरेको सम्मेलन देशकै लागि उदाहरणीय भएको बताउनु हुदैँ उहाँले प्रतिवद्धता कार्यान्वयमा जोड दिनुभयो । उहाँले जलवायु परिर्वतन नियन्त्रण र विपद् व्यवस्थापन सामुहिक प्रयासले सफल हुने बताउनु हुँदै आवश्यक सहयोग र सहकार्य लागि प्रतिवद्धता जनाउनु भयो ।

कञ्चनपुर–कैलालीमा जलवायु परिर्वतनको असर बढ्दैँ

कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेको जलवायु विज्ञ राजन थापाले बताउनु भयो । ‘पहाडी जिल्लामा हुने जथाभावी विकासले पनि तराइका जिल्ला बाढीको उच्च जोखिममा छन्,’ उहाँले भने, ‘पछिल्लो समय निरन्तर जलवायु परिवर्तन भइरहेको छ ।’ केही वर्ष यता तापक्रम बढिरहेको बताउँदै उहाँले सुदूरपश्चिममा पानी पर्ने मात्रा बढेको बताउनु भयो । ‘मानवीय गतिविधिकै कारणले वातावरण तथा जलवायु परिवर्तनमा असर परिरहेको छ,’ उहाँले भने ‘वातावरणमा असर नपर्ने गरी दिगो विकासमा ध्यान दिनु जरुरी छ ।’


त्यस्तै डा. बसन्त अधिकारीले अव्यस्थीत शहरीकरणले जलवायु परिर्वतनमा असर परिरहेको बताउनुहुँदै दिगो विकासमा आधारित पुर्वाधार निर्माण लगायतका कामहरु गनुपर्ने बताउनु भयो । शहरीकरण वर्षेनी बढ्दै गएको औल्याउदैँ विकासलाई वातारणमैत्री बनाउन सके जलवायु अनुकुलन, विपद् जोखिम व्यवस्थापनमा सहज हुने बताउनु भयो । जलवायु परिवर्तनमा मानव प्रत्यक्ष संलग्न रहेको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताउनु भयो ।

‘हामीले गर्ने विकास, निर्माणका कार्यले पनि जलवायुमा असर गरिरहेको छ,’ सम्मेलनको उद्धघाटनशस्त्रको प्रमुख अतिथि रहेकी मन्त्री जोशीले भन्नुभयो । ‘पहाडमा अन्धाधुन्ध गरिएको विकासले गर्दा बेमौसमी वर्षाले सुदूरपश्चिममा ठूलो क्षति ग¥यो ।’ परम्परागत अभ्यासलाई निरन्तरता दिन सकेपनि बातावरण जोगिने उहाँको धारणा छ । विपद्को पूर्व तयारीका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको उनले बताउनु भयो । ‘अब हामीले समस्यालाई साझा रुपमा लिएर समाधान गर्न जरुरी छ,’ उहाँले भन्नुभयो । ‘प्रकृति जोगाउन सबैले सहकार्य गर्न आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *