• Fri. Nov 8th, 2024

भीमदत्तद्धारा नगर प्रोफाइल निर्माण, तथ्याङ्कको अनलाईन अभिलेखकरण गरिने

Byभीमदत्त अनलाइन

१२ आश्विन २०७८, मंगलवार १९:४९ १२ आश्विन २०७८, मंगलवार १९:४९ १२ आश्विन २०७८, मंगलवार १९:४९

भीमदत्त १२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ । नगरपालिकाले नगरका सबै तथ्याङ्कलाई अनलाईन अभिलेखकरण गर्न नगर प्रोफाईल निर्माण गरेको हो । संघियता सहयोग साझेदारी कार्यक्रमसँगको सहकार्यमा नगरपालिकाले प्रोफाईल गरिएको भीमदत्त नगरपालिका सुचना प्रविधि अधिकृत विनय कलौनीले बताउनु भयो ।
उहाँका अनुसार नगर र नगरवासीसँग जोडिएको सबै सुचनाको अनलाईन अभिलेखिकरणका लागि नगर प्रोफाईल तयार गरिएको हो । नगर प्रोफाईललाई नगर डाटा बैकको रुपमा प्रयोग गरिने उहाँले बताउनु भयो । देश भरीका ७ सय ५३ स्थानीय तहमध्ये १२ वटाले मात्रै हालसम्म नगर प्रोफाईल निर्माण गरेका छन् ।  मंगलबार एक कार्यक्रमकाबिच नगर प्रोफाईल निर्माणका परामर्शदाता स्र्माट टेक नेपालले नगरपालिकालाई प्रोफाईल हस्तान्तरण गरेको छ । हस्तान्तरणसँगै भीमदत्त नगर प्रोफाईल सञ्चालनमा ल्याईएको छ ।
भीमदत्त प्रोफाईल डट हाम्रो पालिका डट ओआरजीमा लगईन गरि नगर प्रोफाईल हेर्न सकिने छ । प्रोफाईल निर्माणका लागि सबै वडामा गणक खटाईएको थियो । गणकहरुबाट जनसख्या, घरधुरी, परिवारको विवरण लगायतको तथ्याङ्क संकलन गरिएको थियो ।
गत पौषमा सुरु भएको प्रोफाईल निर्माणका कार्य कोरोना संक्रमणले प्रभावित बनेको सुचना प्रविधि अधिकृत कलौनीले बताउनु भयो । उहाँका अनुसार घरधुरी सर्वेक्षणबाट तथ्याङ्क संकलन गरि अनलाईन अपडेट गरिएको छ । प्रोफाईलमा सबै वडाको घरधुरीको पेसा, रोजगारीको अवस्था, जनसंख्या, उमेर, लिङ्ग, शिक्षा–स्वास्थ्यको अवस्थाबारे तथ्याङ्क राखिएको छ ।
त्यस्तै कृषी उत्पादन, जग्गा उपयोगको अवस्था, सवारी साधन तथा सुचना प्रविधिको प्रयोग पुर्वाधारको अवस्था, सार्वजनिक स्थान र सेवा प्रदायक कार्यलयको बारेमा पनि प्रोफाईलमा विवरण समेटिएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्रहरुको बारेमा पनि जानकारी राखिएको छ । भिजिटरले सबै वितरण अनलाईनमार्फत हेर्न सक्ने छन् । नगर प्रोफाईलका बारेमा स्र्माट टेक नेपालका अमुल दहालले प्रस्तुतिकरण समेत गरेका थिए । प्रोफाईल हस्तान्तरण कार्यक्रममा साझेदारी कार्यक्रमका गभरनेन्स विज्ञ महेश नेपालले नगरपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेका नगर प्रोफाईल निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।

उहाँ अनुसार नेपालमा १२ वटा स्थानीय तहले मात्रै अनलाईन नगर प्रोफाईल निर्माण गरेका छन् । नगरपालिकासँगको सहकार्यमा अगामी दिनमा पनि थप परियोजना सञ्चालन गर्न आफुहरु तयार रहेको समेत उहाँले बताउनु भयो । योजना निर्माण तथा सुचनाका लागि नगर प्रोफाईल महत्वपुर्ण हुने उहाँको भनाई छ ।

त्यस्तै भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सुचनामा सहज पहुचका लागि नगर प्रोफाईल निर्माण गरिएको बताउनु भयो । उहाँले योजना निर्माणका लागि तथ्याङ्क महत्वपुर्ण हुने भएकोले त्यसको अभिलेखिकरण गर्न नगर प्रोफाईल तयार पारिएको बताउनु भयो ।
तथ्यमा आधारित नागरिकको अवस्था र समस्याको पहिचानका लागि तथ्याङ्क महत्वपुर्ण हुने बताउनु हुदैँ नगर प्रमुख विष्टले भने ‘नगर र नागरिकसँग सम्बन्धीत सुचना सहज प्रभाव हुन्छन्, यसले योजना निर्माणमा पनि सहयोग पुग्छ ।’ साथै नगर प्रमुख विष्टले प्रोफाईललाई नियमित अपडेट र तथ्याङ्क अद्यावधि गर्न विषयगत शाखा प्रमुख र सुचना फाँटलाई निर्देशन समेत दिनुभयो ।
त्यस्तै योजना बैकको लागि शहरी योनजा आयोग गठन गरिएको उहाँले बताउनु भयो । योजना आयोगले योजना निर्माणसँगै प्राथमिकिरण गर्नेछ भने त्यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकार र अन्य निकायसँग समन्वय गर्नेछ ।

https://bhimdattaprofile.hamropalika.org/home

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *