• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तद्धारा नियमित बजार अनुगमन जारी, कार्वाही सुरु

Byभीमदत्त अनलाइन

१९ जेष्ठ २०७८, बुधबार २२:२२ १९ जेष्ठ २०७८, बुधबार २२:२२ १९ जेष्ठ २०७८, बुधबार २२:२२

महेन्द्रनगर १९ जेठ । पछिल्लो समयमा लकडाउन र महामारीलाई मध्यनजर गरि भीमदत्त नगरपालिकाले नियमित स्थानीय बजार अनुगमन गरिरहेको छ । सोमबार खाद्यन्न तथा मेडिकल क्लीनिकबाट अनुगमन सुरु गरेको नगरपालिकाको टोलिले बुधबार पनि अनुगमनलाई निरन्तरता दिएको हो ।

नगरपालिकाले बुधबार महेन्द्रनगर बजार क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकमा अनुगमन गरेको छ । मंगलबार नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,वडा प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मञ्च र पत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि लगायतको टोलिले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीको संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अभिकारीले स्थानीय तहलाई प्राप्त अधिकार अन्र्तगत बजार अनुगमन गरिएको बताउनु भयो ।
उनका अनुसार बुधबार खाद्यन्न पसल र मेडिकलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा लेखित तथा मौखिम निर्देशन दिदैँ आएको नगरपालिकाले आजबाट कार्वाही समेत सुरु गरेको छ ।

बुधबार भीमदत्त नगरपालिका वडा नम्बर १ मा रहेको राम बहादुर डगौराद्वारा सञ्चालित सन्तोष मेडिकल हल मापदण्ड विपरित सञ्चालन गरिएको पाईएपछि १ हप्ताको लागि उक्त मेडिकल हल सिल गरिएको छ । एक हप्ताभित्र मापदण्ड बमोजिम मेडिकल सञ्चालन गर्न लिखित निर्देशन दिईएको प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।
नगरपालिकाको अनुगमन टोलीले मेडिकल तथा क्लीनिकलाई निम्म निर्देशन दिएको छ ।
१) भीनपामा व्यवसाय दर्ता गर्न निर्देशन
१ नम्बर वडाका १, २ नम्बर वडाका १, ३ नम्बर वडाका १, ४ नम्बर वडाका ४ र ६ नम्बर वडाका २ मेडिकललाई ।
२) व्यवसाय दर्ता नवीकरण गर्न निर्देशन ः
१ नम्बर वडाका १, ४ नम्बर वडाका ३, ६ नम्बर वडाका १ र १० नम्बर वडाका १ मेडिकल तथा क्लिनिकलाई ।
३) औषधि व्यवस्था विभागबाट प्रमाणपत्र लिई मेडिकल संचालन गर्न निर्देशन ः
३ वटा मेडिकललाई ।
त्यस्तै बुधबार भीमदत्त नगरपालिकाद्वारा बजार खाद्य पहलमा पनि अनुगमा गरिएको छ । अनुगमनका भीमदत्त नगरपालिका वडा नम्बर ४ र १५ गोबरैयाका १२ वटा पसल÷व्यवसायको अनुगमन गरिएको हो । जसमध्ये २ वटा पसलबाट करिब पाँच हजार बराबरको म्याद गुज्रिएको सामग्री फेला परेको छ । उक्त सामग्रीहरू फिर्ता हुने भएकोले लिखित सुझाव सहित अगामी दिनमा कानुन विपरित व्यवसाय सञ्चालन नगर्ने सर्तमा छोडिएको नगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीले खाद्यन्न पसलहरुलाई निम्न निर्देशन दिईएको छ ।

१) एउटा पसललाई आन्तरिक राजस्व कार्यालयबाट एब्ल् लिन निर्देशन ।
२) २ वटा पसललाई नगरपालिकामा व्यवसाय दर्ता गरि मूल्यसूची र साईनबोर्ड राख्न सुझाव प्रदान ।
३) ३ वटा पसललाई नपामा व्यवसाय दर्ता नवीकरण गर्न आवश्यक जानकारी सहित निर्देशन र अन्य बाकी रहेका ४ वटा पसल व्यवसायीलाई कोभिड –१९ रोगको संक्रमणबाट बच्न जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह गरियो ।
साथै उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको संवैधानिक अधिकारको कार्यान्वयन गराउन स्थानीय बजार अनुगमन टोलीबाट निरीक्षण गरिएको प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।

साथै नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमन कार्यलाई निरन्तरता दिदैँ कानुन विपरित ठहरिए कसुरको प्रकृति हेरी मौद्रिक दण्ड र जरिवाना गरिने उहाँले बताउनुु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *