महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै उक्त राजस्व संकलन गरेको हो ।
नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालु आर्थिक वर्षको मंसिरसम्ममा उक्त राजस्व संकलन भएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संललन गर्ने लक्ष्य लिईएकोमा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भईसकेको छ ।
त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबाफत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य कर अन्र्तगत सात करोड ५० लाख रुपयाँ प्राप्त हुने लेखा प्रमुख उपाध्यायको भनाई छ । भीमदत्त नगरपालिकाकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउदैँ लगेको छ । चार वर्ष अघि नगरपालिकाको आय करिब चार करोड रुपयाँ रहेकोमा गत वर्षसम्मा त्यसमा वृद्धि गरि २१ करोड पु¥याईएको छ ।
भीमदत्तद्धारा पाँच महिनामा पाँच करोड बढी आन्तरिक आय संकलन
