• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तद्धारा विशेषज्ञ डाक्टरको परिश्रमीकका लागि महाकाली अस्पताललाई १० लाख सहयोग

Byभीमदत्त अनलाइन

३० जेष्ठ २०७८, आईतवार २०:११ ३० जेष्ठ २०७८, आईतवार २०:११ ३० जेष्ठ २०७८, आईतवार २०:११

महेन्द्रनगर ३० जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख रुपयाँ सहयोग गरेको छ । दुई जना विशेषज्ञ डाक्टरको सेवा सुविधाका लागि उत्त रकम सहयोग गरिएको हो ।

आईबार नगर प्रमुख सुरेन्द्र विष्ट, उप–प्रमुख शुसिला चन्द सिंहले महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), प्रमुख डाक्टर हरिकुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरे । भीमदत्त नगरपालिकाले दुई जना चिकित्सकको सेवा सुविधाबाफतको परिश्रमिक बराबरको रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।


भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराउन अस्पताललाई सहयोग गरिएको बताउनु भयो ।  उहाँका अनुसार नगरपालिकाको पुर्व प्रतिवद्धता अनुरुप महाकाली अस्पतालाई सहयोग गरिएको हो ।

नागरिकको स्वास्थ्यलाई मध्य नजर गरि नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु हुदैँ नगर प्रमुख विष्टले स्वास्थ्य पुर्वाधार र सेवा विस्तारमा काम गरिरहेको उल्लेख गर्नुभयो ।


सरकारी स्केल अनुसार डाक्टरलाई सेवा सुविधाका लागि हालको रकम कम भएपनि अगामी आर्थिक वर्षबाट थप गरिने समेत प्रतिवद्धता जनाए ।  महाकाली अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न नसक्ने भएपछि नगरपालिकालाई आग्रह गरेको थियो ।

नगर प्रमुख विष्टले नगरपालिकाले विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या हुन नदिन अस्पताललाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष जोशी नगरपालिकाको सहयोगले अस्पतालबाट विशेषज्ञ डाक्टरबाट सेवा दिन सफल भएको बताउनु भयो ।

उहाँका अनुसार हाल प्रसुती रोग विशेषज्ञ र हाड जोर्नी रोग विशेषज्ञ डाक्टरलाई नगरपालिकाले तलब बराबरको प्ररिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।
नगरपालिकाले अस्पताललाई आवश्यक परेका बेला सबै किसिमको सहयोग गरिरहेकोले आफुहरुलाई काम गर्न झनै सहज भएको बताउँदै अध्यक्ष जोशीले बताउँदै ‘नगरपालिकाले प्रादेशिक अस्पताल भएपनि आफ्नै अस्पताल झै सोचेर आवश्यक परेका बेला सहयोग गरिरहेको हुन्छ, त्यसका लागि नगरपालिका परिवारलाई धन्यवाद दिन चाहान्छौँ ’ उहाँले भने ।

त्यस्तै महाकाली अस्पतालका मे.सु. हरिकुमार श्रेष्ठले नगरपालिकाको सहयोग सेवा प्रवाहमा सहज भएको बताउनु भयो । उहाँका अनुसार कुनै बेला डाक्टर अभाव रहेको महाकाली हाल अस्पताल विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह भईरहेको छ । साथै सबैतिरको सहयोगले अस्पताल सुधार हुदैँ गएको उहाँको भनाई छ ।

त्यस्तै यसअघि अक्सीजन आपुर्तीका लागि पनि नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई २० लाख सहयोग गरेको थियो भने शव बहान र मर्करी च्याम्बर सञ्चालनका लागि पनि नगरपालिकाले सहयोग गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *