• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तद्धारा ‘समृद्धीको यात्रा’ प्रकाशितः विकास निर्माण कार्यको डकुमेन्टेसन

Byभीमदत्त अनलाइन

२५ असार २०७८, शुक्रबार १४:४२ २५ असार २०७८, शुक्रबार १४:४२ २५ असार २०७८, शुक्रबार १४:४२

महेन्द्रनगर २५ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘समृद्धीको यात्रा’ नामक पुस्तक प्रकाशित गरेको छ । नगरपालिकाले स्थानीय तहको सरकार बनेको तीन वर्षको अवधिमा भएको विकास निर्माण कार्यलाई संकलन गरि पुस्तक प्रकाशित गरेको हो ।


भीमदत्त नगरपालिकाले संघीयता पछिका तीन वर्ष (आ.व २०७४।०७५ देखि २०७६।०७७ सम्म) को उपलब्धि तथा प्रगतिहरु लाई समेटेर ‘समृद्धिको यात्रा’ पुस्तक प्रकाशनमा ल्याएको हो ।
पुस्तकमा तीन आर्थिक वर्षमा सम्पादन भएका प्रमुख विकासका गतिविधिहरुलाई तथ्य र तथ्यांक सहित राखिएको छ । विषयगत क्षेत्र तथा शाखा अनुसार विनियोजित बजेट, नीति तथा कार्यक्रम, लक्ष्य, उद्धेश्य, उपलब्धिहरु समेटिएको सो पुस्तकमा नगरपालिकाको परिचय, सम्पूर्ण जनप्रतिनिधिहरुको तस्विर, वडागत परिचय, सम्पर्क नम्वर र नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरणहरु सुरक्षीत गरिको छ ।

भीमदत्त नगरपालिका सामाजिक न्याय सहितको दिगो समृद्धि र विकासको यात्रामा अग्रसर रहेकोले उक्त पुस्तकको नाम समृद्धिको यात्रा राखिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।

उहाँका अनुसार राज्य पुर्नर संरचनापछि बनेको स्थानीय तहको सरकारसँग जनताका आशा, अपेक्षाहरु थुप्रै रहेकोले प्राथमिकताको आधारमा विकास रणनीतिलाई अघि बढाईएको छ । नगरवासीको सर्वाङ्गीण समृद्धीको सपनालाई मुर्त रुप दिन नगरको दिगो समुन्तिका लागि सम्भावित क्षेत्रहरुको पहिचान गरि २५ वर्षे गुरु योजना बनाएर योजनावद्ध तरिकाले विकासको चरणमा अगाडी बढेका छौँ ।’ उहाँले भन्नुभयो ‘नगरको समग्र विकासका लागि पुर्वाधारसँगसँगै सामाजिक विकास र नागरिक उत्थानलाई जोड दिएका छौँ ।’ साथै उहाँले चुनावि वाचा र नगरको विकासका लागी आफुहरु प्रतिवद्ध रहेको समेत बताउनु भयो ।


त्यस्तै भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहले तीन वर्षको अवधिमा नगरपालिकाले गरेको आर्थिक–सामाजिक विकास, पुर्वाधार, पर्यटन र प्रविधि लगायतका विविध क्षेत्रमा भएको विकासलाई समेटे पुस्तक तयार पारिएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले आम नगरवासीको हित र समृद्धीको चाहानालाई पुरा गर्ने गरि विकास निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाएको छ ।

पुस्तकको सैद्धान्तिक लेखन र फोटो संकलन प्रशासकीय अधिकृत सुवास अधिकारी र सूचना तथा प्रविधि अधिकृत विनय कलौनीले गरेका हुन भने डिजाइनिङ्ग र अन्तिम सम्पादन गर्ने कार्य नगर प्रमुखको सचिवालयका कर्मचारी दिनेश राज भट्ट ले गरेका हुन ।

पुस्तकको लेखन तथा सम्पादन समयमै भएपनि कोरोना संक्रमणका कारण भएको लकडाउनले पुस्तक प्रकासनमा केहि ढिलाई भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *