• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तद्धारा सरोकारवाला निकायसँग अगामी बजेट र योजनाबारे छलफल

Byभीमदत्त अनलाइन

४ असार २०७८, शुक्रबार २१:२१ ४ असार २०७८, शुक्रबार २१:२१ ४ असार २०७८, शुक्रबार २१:२१

 

महेन्द्रनगर ३ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटबारे छलफल र अन्र्तक्रिया कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । शुक्रबार पनि नगरपालिकाले अगामी आर्थिक वर्षका नीति कार्यक्रम र योजनाबारे सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो ।

नगरपालिकाले जनमुखी बजेट ल्याउनका लागि कोरोना संक्रमणको अवस्थाका कारण भर्चुुअल बैठकबाट छलफल गरिरहेको छ । नगर प्रमुख सुरेन्द्रे विष्टले जनताको अपेक्षा अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नगरपालिकाले सरोकारवालासँग छलफल चलाईरहेको बताउनु भयो ।


छलफलबाट आएका सुझाव सल्लाहलाई बजेटको प्राथमिकतामा राखिनेछ । नगरपालिकाले यहि असार १० गते नगर सभा बोलाएको छ ।

नगरपालिकाले सहकारी, नीजि, गैर सरकारी लगायका विभिन्न क्षेत्रसँग अगामी बजेटबारे छलफल गदैँ आईरहेको छ । त्यस्तै शनिबार विभिन्न शाखा उप शाखासँग अगामी बजेटबारे छलफल गरिने नगरपालिकाले जनाएको छ ।

शुक्रबारको बैठकमा नगर गौरवका आयोजना लगायत अन्य विकास निर्माणका योजनाबारे छलफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *