• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु, नगर प्रमुख विष्टद्धारा उद्धघाटन

Byभीमदत्त अनलाइन

१४ बैशाख २०७८, मंगलवार १४:३९ १४ बैशाख २०७८, मंगलवार १४:३९ १४ बैशाख २०७८, मंगलवार १४:३९

महेन्द्रनगर १४ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो ।

मंगलबार एक कार्यक्रम भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले अभियानको औपचारिक उद्धघाटन गर्नु भयो ।

सुदूरपश्चिमलाई आधुनिक सुचना प्रविधिसँग जोड्दै डिजिटल प्रणालीको विकास गर्न अभियान सुरु गरिएको साक डिजिटल युनिर्भसिटीका सिईओ गणेश जोशीले बताउनु भयो ।

उहाँका अनुसार अभियान अन्र्तगत साक डिजिटल युनिर्भसिटीले सुदूरपश्चिमका ९० जनालाई निशुल्क डिजिटल प्रणालीबारे प्रशिक्षण दिेनेछ । त्यस्तै अभियान अन्र्तगत सुदूरपश्चिका स्थानीय तहहरुलाई गुगल म्यापीङ् गरिने भने स्थानीय प्रदेश सरकारसँगको सहकार्यमा ई–गभरर्नेस सेवालाई प्रवद्र्धन गरिने सिईओ जोशीको भनाई छ ।


सुदूरपश्चिममा विकासको रुपम पछाडी परेको भनिएका पनि यसलाई प्रविधिको माध्यमबाट अगाडी बढाउन सकिन्छ उनले भने सुचना प्रविधिको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने र यस क्षेत्रमा डिजिटल प्रणालीको विकास गर्ने हाम्रो उद्देश्य हो । साथै उनले यस अभियानलाई विभिन्न सरकारी तथा गैर सरकारी सरोकोवाला निकायको सहयोग मिल्ने अपेक्षा समेत गरे ।
नगर प्रमुख सरेन्द्र विष्टले वर्तमान सुचना प्रविधिको युगमा डिजिटल प्रणालीको विकास अत्याआवश्यक भएको बताउनु भयो ।

उहाँले नगरपालिकाले सुचना प्रविधिको प्रयोगसहित भीमदत्तलाई स्मार्ट बनाउने योजना सुरु भईसकको बताउनु भयो । साथै नगरपालिकाले सरोकारवाला निकायसँगको सहकार्य र साझेदारीमा काम गर्ने निति लिएको उहाँको भनाई छ । कार्यक्रम जिल्लास्थित पत्रकारको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *