• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा अव्यवस्थित बसोवासीको जग्गा नापजाँच शुरु

Byभीमदत्त अनलाइन

५ बैशाख २०८०, मंगलवार ०२:५५ ५ बैशाख २०८०, मंगलवार ०२:५५ ५ बैशाख २०८०, मंगलवार ०२:५५

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच गर्ने कार्य आजदेखि शुरु भएको छ । भीमदत्त नगरपालिले वडा नम्बर ४ बाट भूमिहिन दलित,भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुका लागी जग्गा नापजाँचको काम शुरु गरेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो ।

मंगलवार नगरप्रमुख पदम बोगटी,उपप्रमुख नीलम लेखक जोशीले उपकरणबाट जग्गा हेरेर जग्गा नापजाँच कार्यको शुभारम्भ गर्नुभएको थियो । नगरप्रमुख बोगटीले वडा नं. ४ बाट जग्गा नापजाँचको काम शुरु भएको बताउदैँ क्रमश सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने बताउनुभयो ।

‘आज वडा नं. ४ बाट अव्यवस्थित बसोवासीहरुका लागी जग्गा नापजाँचको काम शुरु भएको छ ।’नगर प्रमुख बोगटीले भन्नुभयो ‘क्रमश सबै वडामा जग्गा नापजाँचको प्रक्रिया अगाढी बढ्छ र जग्गा नापजाँच पश्चात नक्सा प्रमाणीकरण गरेर जग्गाधनी पुर्जा दिन प्रक्रिया अगाडी बढाउछौँ ।’

भीमदत्त नगरपालिकामा रहेका अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित बनाउनका जग्गा नापजाँचको काम अगाडी बढेको नगर उपप्रमुख जोशीले बताउनुभयो । भीमदत्त नगरपालिकाले राष्ट्रिय भूमी आयोग र नापी कार्यालयसंगको समन्वयमा जग्गा नापजाँच गरिरहेको छ ।

भीमदत्त नगरपालिकाकाअनुसार नगरक्षेत्रभित्र झण्डै ६ हजार भन्दा बढी जना अव्यवस्थित बसोवासी रहेका छन् । मंगलवार वडा नम्बर ४ का वडाध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षतामा सम्पन्न उक्त जग्गा नापजाँच शुभारम्भ कार्यक्रममा नगर प्रमुख बोगटी,उपप्रमुख जोशी, राष्ट्रिय भूमी आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङगाना,नगर प्रवक्ता खड्का,कर्मचारी तथा प्राविधिक टोली लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *