महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी नेतृत्वको टोलीले कक्षा ८ को पालिकास्तरीय परिक्षाको अनुगमन गरेको छ ।
शुक्रवार वार्षिक परिक्षाको अन्तिम दिन समेत नगर उपप्रमुख जोशीेको नेतृत्वमा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी लगाएतको टोलीले परिक्षाको अनुगमन गरेको हो ।
परिक्षालाई मर्यादित तरिकाले सम्पन्न गर्न समयमै सम्बन्धित निकायलाई निर्देशन गरिसकेको बताउँदै उपप्रमुख जोशीले परिक्षाको अन्तिम दिनपनि केही परिक्षा केन्द्रमा आफुले समेत स्थलगत अनुगमन गरेको बताउनुभयो ।
यसअघि पनि उपप्रमुख जोशी नेतृत्वको टोलीले परिक्षालाई मर्यादित बनाउन अनुगमन गरेको थियो । कक्षा ८ को परिक्षामा नगरपालिका भरिका १ हजार ३ सय ६० छात्रा र १ हजार ६ सय ६० छात्र गरि जम्मा ३ हजार २० जना विद्यार्थीहरु सहभागि भएका नगरपालिकाले जनाएको छ ।
विद्यार्थीको भविष्यलाई ख्याल गर्दै परिक्षालाई मर्यादित बनाउन परिक्षाको शुरुवातदेखि नै अनुगमन गरिएको शिक्षा शाखा प्रमुख जोशीले बताउनु भयो । उहाँकाअनुसार भीमदत्त नगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षा शान्त तथा मर्यादित तरिकाले आज (शुक्रवार) सम्पन्न भएको छ । ।