• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा कर्मचारीहरुका लागी क्षमता अभिवृद्धि तालिम

Byभीमदत्त अनलाइन

१० बैशाख २०७८, शुक्रबार १७:१० १० बैशाख २०७८, शुक्रबार १७:१० १० बैशाख २०७८, शुक्रबार १७:१०

भीमदत्त नगरपालिकाले राजस्वसंग सम्बन्धित कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि २ दिने ( बैशाख १०-११गत्ते) कार्यक्रमको उद्द्घाटन कार्यवाहक नगर प्रमुख सुशीला चन्द सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सुचना प्रबिधि को युगमा राजस्व संकलन लाई थप व्यवस्थित बनाउन र वडा स्तर बाटै राजस्व संकलन गर्न चाहिने आवस्यक प्राबिधिक ज्ञान-सीप दिने उदेश्यले यो तालिम संचालन गरिएको हो। निकट भबिस्यमा नगरपालिकाको राजस्व तिर्दा e-payment बाटै सबै किसिमका भुक्तानी गर्न मिल्ने गरि कार्य अगाडि  बढाइएकोछ। उक्त तालिममा राजस्व समिती सदस्य, प्रशासकीय अधिकृत, राजस्व शाखाका सबै कर्मचारीहरु, सुचना प्रबिधि अधिकृत, IDC विज्ञ, वडाबाट वडा सचीव र सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *