• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा कार्यालय प्रमुख चन्दलाई स्वागत

Byभीमदत्त अनलाइन

१५ मंसिर २०७८, बुधबार १९:०७ १५ मंसिर २०७८, बुधबार १९:०७ १५ मंसिर २०७८, बुधबार १९:०७

महेन्द्रनगर १५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरुवा भई आएका नयाँ कार्यालय प्रमुख हरि बहादुर चन्दलाई स्वागत गरिएको छ । बुधबार भीमदत्त नगरपालिकाकी उप–प्रमुख एवं  कार्यवाहक नगर प्रमुख सुशिला चन्द सिंहलगायत शाखा प्रमुख र कर्मचारीले स्वागत गरेका हुन् ।

कार्यालय प्रमुख चन्द धनगढी उपमहा नगरपालिकाबाट सरुवा भई भीमदत्त नगरपालिकामा आएका हुन् । कार्यालय प्रमुख चन्द भीमदत्त नगरपालिका–२ का स्थानीय हुन् । स्वागत कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखसहित कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालिकाको सेवा सम्पादन थप प्रभावकारी बनाउन छलफल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *