• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

कोराना कहरमै मेयर टोल टोल स्वास्थ्य सेवा कार्यक्रम : ६ हजार बढी वासिन्दालाई स्वास्थ्य सेवा

Byभीमदत्त अनलाइन

३२ जेष्ठ २०७७, आईतवार १४:०१ ३२ जेष्ठ २०७७, आईतवार १४:०१ ३२ जेष्ठ २०७७, आईतवार १४:०१

महेन्द्रनगर, ३१ जेठ
भीमदत्त नगरपालिकामा सञ्चालन गरिएको मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सकिएको छ । भीनपा १० जिमुवास्थित स्वास्थ्य चौकीमा कार्यक्रम समापन गरिएको छ ।

भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी गत जेठ पहिलो सातादेखि कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका सबै १९ वडाका तीन÷तीन स्थानमा कार्यक्रम गरी वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रमबाट ६ हजार १० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । कार्यक्रम अन्र्तगत ८१ जनालाई प्रयोगशाला सेवा समेत प्रदान गरिएको छ ।

समापन कार्यक्रममा भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविका सबले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

‘कार्यक्रम सञ्चालनमा प्रमुखज्यूको विशेष हौसला प्राप्त भएर उच्च मनोबलका साथ कार्यक्रम सफल रुपमा सम्पन्न गरिएको छ’ शाखा प्रमुख जोशीले भन्नु भयो,‘शाखाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका सबैको भूमिका महत्वपूर्ण छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

स्वास्थ्य शाखा प्रमुख जोशीले कोभिड १९ सम्बन्धि वासिन्दालाई जनचेतना फैलाउनका साथै लकडाउनका कारण समस्या परेका ज्येष्ठ नागरिक, दीर्घरोगी लगायतका वासिन्दालाई लक्षित गरी कार्यक्रम गरिएको बताउनु भयो ।
भीमदत्त नगरपालिका २ बाट सुरु गरिएको कार्यक्रम भीनपा १० मा समापन गरिएको छ ।

मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नं. २ मा ३ सय ६३, वडा नं. १ मा २ सय २४, वडा नं. ३ मा ३ सय ३०, वडा नं. १२ मा २ सय ६५, वडा नं. १८ र ४ मा ३ सय ६०, वडा नं. १५ मा ३ सय ८९, वडा नं. ९ मा ४ सय १, वडा नं. ११, १८ मा ५ सय ४१, गडा नं. ६ मा ३ सय ११, वडा नं. १३ मा ३ सय ७९ र वडा नं. १४ मा ४ सय ४ जनालाई सेवा प्रदान गरिएको छ ।

यसैगरी ुेवा पाउनेमा वडा नं. ५ मा ३ सय ४१, वडा नं. ७ मा ३ सय ८३, वडा नं. ८ मा २ सय १५, वडा नं. १५ मा २ सय, वडा नं. १९ मा २ सय ५५, वडा नं. १६ मा २ सय ७ र वडा नं. १० मा ४ सय २२ जना छन् ।

सबै वडामा सञ्चालन गरिएको कार्यक्रममा वासिन्दाको स्वास्थ्य जाँच गरी औषधि समेत वितरण गरिएको स्वास्थ्य शाखाका फार्मेसी सहायक जीवन साउँदले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *