• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा गत वर्ष १४ किलोमिटर सडक कालोपत्रे, ६० किलोमिटर बढी स्तरोन्नति

Byभीमदत्त अनलाइन

१ भाद्र २०७८, मंगलवार १६:२३ १ भाद्र २०७८, मंगलवार १६:२३ १ भाद्र २०७८, मंगलवार १६:२३

भीमदत्त ०१ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा १४ किलोमिटर बढी सडक कालो पत्रे गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले सञ्चालन गरेका योजनामार्फत उक्त सडक कालोपत्रे गरिएको हो ।

नगरपालिकाले सञ्चालन गरेका विभिन्न योजनामार्फत नगरपालिकामा १४ किलामिटर सडक कालोपत्रे भएको छ भने ६० किलोमिटर सडक स्तरोन्नती गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरका अनुसार सडक स्तरोन्नती अन्र्तगत ग्राभिलिङ, सडक विस्तार, नयाँ ट्र¥याक खोल्ने लगायतको काम गरिएको छ । भने त्यस्तै कच्ची सकड कालोपत्रे गरिएको छ । नगरपालिकाले नगरको सबै क्षेत्रमा सडक सञ्जाल विस्तार गरि कालोपत्रे गर्ने योजना बनाएको छ ।

नगरपालिकाले नगरका सबै क्षेत्र जोड्न नगर भित्रि र बाह्य चक्रपथ निर्माण गरिरहेको छ । भने वर्षौदेखि सडकबाट बञ्चीत उत्तरी क्षेत्रमा जैविक धामीक पर्यटन मार्ग निर्माण कार्यलाई पनि निरन्तता दिएको छ । साथै ब्रह्मदेवदेखि खल्ला–मुसेट्टी जानेबाट समेत स्तरोन्नती गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *