• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा जैविक धार्मिक पर्यटन मार्ग दोस्रो हाफ म्याराथन दौड

Byभीमदत्त अनलाइन

१५ पुष २०७६, मंगलवार २१:५० १५ पुष २०७६, मंगलवार २१:५० १५ पुष २०७६, मंगलवार २१:५०

महेन्द्रनगर, १५ पुुस
भीमदत्त नगरपालिकाले जैविक धार्मिक पर्यटन मार्ग दोस्रो हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ । गत वर्ष सुरु गरिएको म्याराथनलाई यस वर्ष निरन्तरता दिइएको छ ।

प्रतियोगितमा नेपाली सेनाका जितेन्द्र दनुवार च्याम्पिन हुनु भएको छ । म्याराथन च्याम्पियन दनुवारले नगद ४० हजार पुरस्कार सहित ट्रफि हात पार्नु भयो । दनुवारले खुला मञ्चदेखि ब्रह्मदेबसम्मको २१ किलोमिटर दुरी एक घण्टा ७ मिनेटमा पार गर्नु भएको छ ।

यसैगरी खुला हाफ म्याराथनमा नेपाली सेनाका जितेन्द्र राई द्वितीय र शिवम रायमाझी तृतीय हुनु भएको छ । राईले ३० हजार र रायमाझीले २० हजार नगद पुरस्कार सहित ट्रफी हात जित्नु भयो । खुला मञ्चबाट सुरु भएर महेन्द्रनगर बजार हुँदै तिलकपुर बैजनाथ माध्यमिक विद्यालयबाट जैविक धार्मिक मार्गको ब्रह्मदेबसम्म दुरी तय गरिएको थियो ।

यसैगरी प्रतियोगिताको १५ किलोमिटर महिलातर्फ पुष्पा पाण्डेय प्रथम, लक्ष्मी सुतारा द्वितीय र पुष्पा चन्द तृतीय हुनु भएको छ । तिनै जनाले क्रमशः २० हजार, १५ हजार र १२ हजार नगद पुरस्कार सहित ट्रफी जितेका छन् । पाण्डेय विद्यार्थी, सुतारा र चन्द दुबै सैनिक जवान हुनु हुन्छ ।

५ हजार मिटर दौड छात्रतर्फ पूर्ण माध्यमिक विद्यालय ऐरीका विवेक सुनार प्रथम हुनु भएको छ । सुनारले नगद १५ हजार पुरस्कार सहित ट्रफी जित्नु भएको छ । यसैगरी बैजनाथ माध्यमिक विद्यालयका लक्ष्मण भण्डारीले द्वितीय, मर्निङ्ग ग्लोरीका प्रविन बुढाऐर तेस्रो स्थान हासिल गर्नु भएको छ । भण्डारीले नगद १२ हजार र बुढाऐर नगद १० हजार पुरस्कार सहित ट्रफी पाउनु भयो ।

डायमण्ड पब्लिक एकेडेमी गड्डाचौकीका सुशिल चन्द ८ हजार, महाकाली जनसेवाका नविन देउवा ६ हजार ५ सय र पूर्णा मावि ऐरी विष्णु सुनारले ४ हजार नगद पुरस्कार पाउनु भएको छ । लक्ष्मी माध्यमिक विद्यालय बागफाँटाकी लक्ष्मी बम ५ हजार मिटर दौड छात्रातर्फ प्रथम स्थान हासिल गर्नु भएको छ । बमले नगद १५ हजार पुरस्कार सहित ट्रफी हात जित्नु भयो ।

प्रतियोगितामा सिद्धनाथ अमर माविकी शोभा क्षेत्री, त्रिभुव मावि तिलाचौकी गरिमा जोशी, युवा वर्ष मावि तिल्केनीकी मनिसा कार्की, लक्ष्मी माविकी सुनिता नेगीले क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान हासिल गरी क्रमशः नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार ५ सय पुरस्कार हात पाुर्न भएको छ । प्रतियोगितामा इन्टरनेशनल पब्लिक स्कुलकी पूजा बोहरा र सिद्धनाथ मावि ब्रह्मदेबकी अन्जली कार्कीले छैटो स्थान हात पारी नगद ४ हजार पुरस्कार जित्नु भएको छ ।

खुला मञ्चबाट सुरु प्रतियोगितको ब्रह्मदेबमा समापन कार्यक्रम गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु मान बहादुर सुनार, प्रकाश रावल, महेशदत्त जोशी, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का केन्द्रीय सदस्यहरु राम कुमार ज्ञवाली, राजेन्द्र सिह रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिहले प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गर्नु भयो ।

खुला मञ्चमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जैविक धार्मिक मार्ग हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्नु भयो । कार्यक्रममा सञ्चार मन्त्री बाँस्कोटाले हाफ म्याराथन प्रतियोगिताबाट खेलकूद र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । ‘भीमदत्त नगरपालिकाले आयोजना गरेका खेलकूदका कार्यक्रमले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र खेलाडी उत्पादनमा सहयोग पुग्छ’ मन्त्री बाँस्कोटाले भन्नु भयो ।

उद्घाटन कार्यक्रममा सञ्चार मन्त्री बाँस्कोटा सहित कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, बैतडीका साँसद दामोदर भण्डारी, प्रदेश सभा सदस्यहरु तारालामा तामाङ्ग, मान बहादुर सुनार, प्रकाश रावल, महेशदत्त जोशी, नेकपा केन्द्रीय सदस्य राम कुमार ज्ञवाली, नेकपा जिल्ला अध्यक्ष बीर बहादुर थापा, पूर्व साँसद गंगादत्त जोशी लगायतका सहभागी हुनु भएको छ ।

ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिरमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा समापन कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. भट्टको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा साँसद भट्टले जैविक धार्मिक पर्यटकीय मार्ग भीमदत्त नगरको विकासका लागि महत्वपूर्ण मार्ग भएकाले संघीय सरकारले स्तरोन्नतिका लागि प्राथमिकता दिने बताउनु भयो ।

उत्तरी क्षेत्रका वासिन्दालाई सहज आवागमन, चुुरे संरक्षण, स्थानीय र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण, धार्मिक पर्यटन प्रवद्र्धन लगायतका थुपै्र फाइदा यस मार्गका छन्’ साँसद भट्टले भन्नु भयो, ‘यो मार्गलाई नमूना बनाउन संघीय सरकार सधैं प्रयत्नशिल रहन्न्छ, त्यसका लागि म पहल पहल गछुर्् ।’

साँसद भट्टले मझगाउँ विमानस्थल सञ्चालन, महाकाली कोरिडोर निर्माण सुरु, सुख्खा बन्दरगाह सञ्चालन, महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण, महाकाली अस्पताल सुधार लगायतका योजनालाई प्राथमिकता दिएर सरकारसित पहल गरिएको बताउनु भयो । पूर्व पश्चिम रेलमार्गको सर्भे भएको उल्लेख गर्दै उनले कञ्चनपुर केही वर्षदेखि रेल यातायातबाट पूर्वसित जोडिने उल्लेख गर्नु भयो ।

नेकपा केन्द्रीय सदस्य ज्ञवालीले हाफ म्याराथन दौड खेल जगतका लागि राम्रो नमूना कार्य भएको उल्लेख गर्र्दैै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले हाफ म्याराथनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशीले भीमदत्त नगरपालिका देशकै पश्चिमी प्रवेशद्वारको रुपमा रहेकाले यसको विकास र विस्तारमा सबैले लाग्नु पर्नेमा जोड दिनु भयो । सुदूरपश्चिम प्रदेश सभाका सदस्य मान बहादुर सुनारले कञ्चनपुर क्षेत्र नं. ३ लाई समृद्ध बनाउन सबै पक्षसित सहकार्य गरी जाने बताउनु भयो ।

नेकपा केन्द्रीय सदस्य राजेन्द्र सिह रावलले डोट्याली भाषामा मन्तव्य राखेर कञ्चनपुर प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक स्थान भएकाले सरकारले यसको विकासका लागि विशेष प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेलले भीमदत्त नगरपालिकाले उत्तरी क्षेत्रमा बनाएको मार्गले वर्षौदेखि विकट क्षेत्रका रुपमा चिनिएको घाँडीघाँच सुगम हुन पुगेको उल्लेख गर्नु भयो ।

‘हिजो यो क्षेत्र विकट थियो, दुर्गम थियो, यो मार्ग बनेपछि सुगम घाँडीघाँचका रुपमा आएको छ’ खरेलले भन्नु भयो, ‘अब संघीय र प्रदेश सरकारले यो मार्गमा पुल र कालोपत्रे गर्न आवश्यक छ, त्यसका लागि साँसदहरले पहल गर्न आग्रह गर्छु ।’
समाजसेवी धर्मराज जोशी, एन प्याब्सन अध्यक्ष दिपक भट्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल लगायतले आ–आफ्ना धारणा राख्नु भयो ।

कार्यक्रममा नगर प्रमुख विष्टले सहकार्य र साझेदारीका आधारमा नगर विकास र समृद्धि हुने भएको उल्लेख गर्दै हाफ म्यारानथलाई पूरा ४२ किलोमिटरको बनाउन प्रत्यत्न गरिने बताउनु भयो ।


जैविक धार्मिक पर्यटकीय मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय स्थान एक आपशमा जोडिएर धार्मिक पर्यटन प्रवद्र्धनलाई टेवा पुगेको नगर प्रमुख विष्टले बताउनु भयो । जैविक धार्मिक पर्यटकीय मार्गको ब्रह्मदेब तिल्केनी खण्डमा यस वर्ष संघीय सरकारको योजना अनुसार काम हुने नगर प्रमुख विष्टको भनाई थियो ।

भीनपाका नगर उप प्रमुख सुशिला चन्द सिहले स्वागत मन्तव्य राख्दै जैविक धार्मिक पर्यटकीय मार्गलाई स्थानीय उत्पादन र संस्कृतिसित जोडेर जानु पर्ने आवश्यकता औल्याउनु भयो ।

भीनपा सामाजिक विकास समितिका संयोजक हरक सिह धामीले सञ्चालन गरेको कार्यक्रममा म्याराथन दौडमा सहभागी सबैभन्दा बढी उमेरका बेदकोट नगरपालिका ७ का ईश्वरीदत्त भट्टलाई सम्मान गरिएको छ । भट्ट ६५ वर्षका हुनुहुन्छ ।
प्रतियोगिताको समापन र उद्घाटन दुबै सत्रमा सुदूरपश्चिमको साँस्कृतिक प्रस्तुति गरिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *