• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा झोलुङ्गे पुल मर्मतका लागि समन्वयात्मक बैठक

Byभीमदत्त अनलाइन

१९ मंसिर २०७६, बिहीबार १९:२८ १९ मंसिर २०७६, बिहीबार १९:२८ १९ मंसिर २०७६, बिहीबार १९:२८

महेन्द्रनगर, १९ मंसिर
महाकाली नदीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत कार्य सुरु गरिने भएको छ । भीमदत्त नगरपालिकामा बिहीबार पुल मर्मत कार्य सञ्चालनका लागि भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाका नगर प्रमुख सहित सरोकारवालाको समन्वयतात्मक बैठकले शनिबारदेखि पुल मर्मत कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले शनिबारदेखि पुल मर्मत कार्य सञ्चालन गरिने भएकाले केही घण्टा पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको छ । शनिबारदेखि पुस ५ गतेसम्म विहान ७ः१५ देखि ९ः१५ बजेसम्म र दिउँसो ११ देखि २ बजेसम्म पुल बन्द गरिने निर्णय गरिएको छ । यसैगरी पुल मर्मत छिटो सम्पन्न राति ८ देखि १० बजेसम्म मर्मत कार्य गरिने सर्वपक्षीय बैठकबाठ निर्णय गरिएको छ । बैठकको सबै सरोकारवालाई जानकारी दिइने निर्णय समेत गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पुल मर्मतका लागि बजेट विनियोजन गरेकोमा बैठकले धन्यवाद दिएको छ । पुलको मर्मत सम्भारका लागि थप बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकारसित माग गरिएको छ । डडेल्धुराको खाम्पाचे ÷देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी ५ जेभीले पुल मर्मतको ठेक्का लिएको छ ।

भीमदत्त नगरपालिकामा बसेको बैठकमा पूर्व साँसद राम कुमार ज्ञवाली, भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट, माहाकालीका नगर प्रमुख बीर बहादुर सुनार, नगर उप प्रमुख चिनी गिरी, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, भीनपा १३ का अध्यक्ष लाल बहादुर शाही, माहाकाली नपा ४ का अध्यक्ष भक्त बहादुर सुनार, मानहाकाली नपा २ का कमलापति भट्ट, निर्माण व्यवसायी डम्बर दत्त भट्ट, पूर्वाधार विकास कार्यालय धनगढीका हरक सिह धामी, भीनपाका इन्जिनियर हिमालय सिह ऐर, निर्माण व्यवसायीहरु विनोद भट्ट, ज्ञान बहादुर चौधरी लगायतका सहभागी हुनु भएको छ ।

महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाईको पुलको लम्बाई एक हजार चार सय ५२ मिटर छ । नेपालमा रहेका सबै प्रकारका पुलहरु मध्ये चाँदनी दोधारा पुल नै सबैभन्दा लामो पुल हो । २०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल एसियामै दोस्रो लामो झोलुङ्गे पुलमा ३२.७ मिटरका ७ ओटा अग्ला टावर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *