• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा नगर सभाको अघिल्लो दिन जनप्रतिनिधि र कर्मचारीको कोरोना परिक्षण गरियो

Byभीमदत्त अनलाइन

९ असार २०७८, बुधबार २०:१४ ९ असार २०७८, बुधबार २०:१४ ९ असार २०७८, बुधबार २०:१४

महेन्द्रनगर ९ असार ।
भीमदत्त नगरपालिकाले आठौँ नगर सभा अघि सभा सदस्य र कर्मचारीहरुको कोरोना परिक्षण गरेको छ । बुधबार नगरपालिकाको स्वास्थ्य शाखाले नगर सभामा सहभागी हुने जनप्रतिधि र कर्मचारीको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गरि परिक्षण गरिएको बताए । नगर सभा बिहिबार बस्दैँछ । सभाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरि पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *