• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम

Byभीमदत्त अनलाइन

२१ चैत्र २०७७, शनिबार ११:१६ २१ चैत्र २०७७, शनिबार ११:१६ २१ चैत्र २०७७, शनिबार ११:१६

स्थानीय तह संस्थागत क्षमता विकास र स्व-मुल्यांकन गर्ने उद्देश्यले भीमदत्त नगरपालिकामा प्रादेशिक सुशासन केन्द्र सुदूरपश्चिम प्रदेश ,पुन्ना ,डोटीको आयोजनामा मिति २०७७/१२/२१ देखि ०७७/१२/२४ गत्ते सम्म संचालन गरिने ४ दिने अभिमुखिकरण कार्यक्रम भी.न.पा.का नगर प्रमुख सुरेन्द्र बिष्ट द्वारा व्यानर वाचन गरि उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका तथ्यांक अधिकृत भुवनेश्वरी धामी र विषय विज्ञ अशाेक पाण्डेयले सहजिकरण तथा प्रशिक्षण गरेकाे उक्त कार्यक्रममा नगर प्रमुखले मन्तव्य राख्दै अहिलेको नयाँ संरचना अनुसार राजनीतिक , प्रशासनिक र वित्तीय संघीयता पूर्ण अभ्यास भइसकेकाे सन्दर्भमा स्थानीय सरकारले काम गर्ने परम्परागत शैलिलाइ बदल्दै आफुलाई समय अनुसार अद्यावधिक गर्दै सरल, सहज र जनमुखि तरिकाबाट सेवा प्रदान गर्न सकिने , सहकार्य र समन्वय मार्फत सबै मिलेर समृद्ध भीमदत्त नगर निर्माण गरि भीमदत्त नगरपालिकालाई देशकै उत्कृष्ट बनाउन, नगरबासिहरुलाई छिटो-छरितो, सहज, सहुलियत तरिकाले सेवा प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी  सबै मिलेर अगाडि बढ्नु पर्ने कुरा जानकारी गराउनु भयो।

उक्त अभिमुखिकरण कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप-प्रमुख, बिषयगत समितिका संयोजकहरु,नगर प्रवक्ता न्यायिक समिती सदस्य ,राजस्व समितिका सदस्य, सबै शाखा/उपशाखा प्रमुखहरु र कानुन अधिकृतकाे सहभागिता रहेको थियाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *