महेद्रनगर, ३ मंसिर
भीमदत्त नगरपालिकाले आगामी पुस १५ गते अर्थात पुसे पन्ध्रको अवसर पारी दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । डेढ महिनापछि हुने प्रतियोगिताको तयारी सुरु गरिएको छ ।
भीमदत्त नगरपालिका सामाजिक विकास समितिले मंगलबार प्रतियोगिता सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुले प्रतियोगितालाई सफल बनाउन सहयोगको प्रतिवद्धता जनाएका छन् ।
भीनपा सामाजिक विकास समितिका संयोजक हरक सिह धामीले भीमदत्त नगरपालिकालाई खेल पर्यटनका रुपमा विकास गर्नका लागि जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथन आयोजना गर्न लागिएको बताउनु भयो ।
‘भीमदत्त नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले लागि परेको छ, उत्तरी क्षेत्रको जैविक धार्मिक पर्यटकीय मार्गले त्यस क्षेत्रका सबै पर्यटकीय स्थल एक आपशमा जोडिएका छन्’ संयोजक धामीले भन्नु भयो, ‘पर्यटन प्रवद्र्धन गरी पर्यटकीय नगर बनाउने लक्ष्य राखेर दौड आयोजना गरि रहेका छौ ।’ संयोजक धामीले प्रतियोगितामा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन समेत सहयोग पुग्ने बताउनु भयो ।
स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उत्तरी क्षेत्रमा रौटेलादेखि ब्रह्मदेबसम्म १५ किलोमिटर जैविक धार्मिक पर्यटकीय मार्ग बनाउनु भएको हो । यो मार्गमा गत वर्ष पुस १५ गतेका दिन पहिलो पटक हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा म्याराथन धावक बैकुण्ठ मानान्धर सहभागी हुनु भएको थियो ।
सामाजिक विकास समितिका संयोजक धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रतियोगिताका लागि सुझाव समेत लिइएको छ । प्रतियोगिता खुल्ला महिला, खुल्ला पुरुष र कक्षा १२ सम्मका छात्रछात्रा सहभागी हुने भएका छन् । कार्यक्रममा राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल भएकोले नगरपालिकाले विशेष प्राथमिकता दिएको निमित्त प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनु भयो ।
कार्यक्रममा नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ९ का अध्यक्ष राम नाथ, कार्यपालिका सदस्यहरु कमला देबकोटा, वसन्ती राना, नेपाली सेनाका मेजर गोरख पुजारा लगायतका सहभागी हुनु भएको थियो ।