• Mon. Nov 4th, 2024

भीमदत्त नगरपालिकाकामा बहुवर्षिय ठेक्का सुरु गरिने

Byभीमदत्त अनलाइन

४ भाद्र २०७६, बुधबार १८:२० ४ भाद्र २०७६, बुधबार १८:२० ४ भाद्र २०७६, बुधबार १८:२०

महेन्द्रनगर, ४ भदौ
भीमदत्त नगरपालिकाले यस वर्षदेखि ठूलो लगानीका केही ठेक्कालाई बहुवर्षिय ठेक्कामा लैजाने भएको छ । नगरपालिकाले एकै आर्थिक वर्षमा बजेट पुगाउन नसकिने ठेक्कालाई बहुवर्षिय ठेक्का गर्न लागेको हो । बहुवर्षिय ठेक्का प्रणालीमा जान नगर कार्यपालिका बैठकमा छलफल गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले केही ठूला आयोजनाका लागि यस वर्षदेखि बहुवर्षिय ठेक्का प्रणालीमा जाने तयारी गरिएको बताउनु भयो । ‘नगरका ठूला आयोजनाका लागि यस वर्षदेखि बहुवर्षिय ठेक्का प्रणालीमा जाने तयारी गरिरहेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसका लागि कार्यपालिका बैठकमा छलफल गरिएको छ , अझ यस विषयमा छलफल गरेर जान्छौ ।’

नगरपालिकाको आन्तरिक स्रोतबाट ठूलो लगानीका विकास निर्माण कार्य गर्न बहुवर्षिय ठेक्का प्रणालीमा जान लागिएको हो । ‘एक वर्षमा नगरपालिकाको आन्तरिक स्रोतबाट ठूलो लगानीको विकास निर्माण गर्न सकिदैन, त्यसका लागि क्रमागत रुपमा जानु पर्ने हुन्छ, त्यसका लागि बहुविर्षय ठेक्का प्रणाली अवलम्बन गरी ठूला योजनाको काम सुरु गर्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

बहुवर्षिय ठेक्का बन्दोवस्ती सम्बन्धी कानुनी प्रावधानलाई टेकेर नगरपालिकाले ठूला योजना छनौट गरी बहुर्षिय ठेक्कामा लैजाने नगर प्रमुख विष्टले बताउनु भयो । ‘योजना छनौट गर्छौ, यो वर्षमा यति बजेटबाट यति काम गर्छौ भन्ने हुन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसलाई क्रमागत रुपमा सम्पन्न गरिन्छ ।’
स्थानीय तह निर्वाचनपछि नगरपालिकाको आन्तरिक आम्दानी तेब्बर बढी वृद्धि भएको छ । गत आर्थिक वर्षमा १२ करोड हाराहारीमा आन्तरिक आम्दानी गरिएको छ । चालु आ.व.मा १३ करोड आन्तरिक आम्दानीको लक्ष्य रािखएको छ ।
यस अघि ५ करोड हाराहारीमा मात्रै आन्तरिक आम्दानी हुने गरेको थियो ।

नगरपालिकाको आन्तरिक आम्दानी वृद्धिसंगै नगर विकास निर्माणका कार्यलाई तीव्रता दिन बहुवर्षिय ठेक्का प्रणाली सुरु गर्न लागिएको छ । यस वर्षका लागि एक अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाले नगर गौरबका योजनालाई समेत बहुबर्षिय ठेक्का प्रणालीमा लैजाने भएको छ ।

कञ्चन मल, चक्रपथ, शुक्लाफाँटा पर्यटन मार्ग लगायतका योजना गौरबका योजनामा राखिएका छ । राष्ट्रिय योजनाका आयोगले बहुवर्षिय ठेक्का सम्बन्धी कार्यविधि बनाएको छ । अहिले नगरपालिकाले कार्यविधि अध्ययन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *