भीमदत्त नगरपालिका १५ गोबरैयामा खाद्य, तरकारी तथा फलफूलका बिउ उत्पादनका लागि भवन निर्माण कार्य सुरु गरिएकोछ उक्त भवनको शिलान्यास भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका छन् । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनका प्रमुख सन्जु रिमाल विशिष्ठ अतिथि थिइन् ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन र भीमदत्त नगरपालिकाको साझेदारीमा बिऊ स्रोत केन्द्र भवन बनाउन लागेको हो । उक्त भवन परियोजनाको ३० लाख तथा भीमदत्त र सहकारीको १०÷१० लाखमा निर्माण हुँदै छ।
निङ्गलाशैनी सहकारीका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख प्रेम सिंह भाटले बिउ स्रोत केन्द्रबाट बिऊ उत्पादन गरी नगरका सबै किसानसम्म पुगाउने अगामी दिनमा अरु कृषि सहकारी संग सहकार्य गरि अगाडि बढ्ने जानकारी दिनु भयो।