• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा बृहत सरसफाई अभियान जारी, संघिय समिति सभापतिदेखि प्रजिअ नगर सरसफाईमा

Byभीमदत्त अनलाइन

२३ श्रावण २०७८, शनिबार २१:२२ २३ श्रावण २०७८, शनिबार २१:२२ २३ श्रावण २०७८, शनिबार २१:२२

महेन्द्रनगर २३ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा सञ्चालित बहृत सरसफाई अभियानलाई शनिबार पनि निरन्तरता दिईएको छ ।
नगरपालिकाले ‘फोहरमैलालाई श्रोतमा नै न्युनिकरण गरौ’’ भन्ने मूल नाराका साथ सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले हरेक साताको शनिबार नियमित सरसफाईलाई अभियानको रुपमा अघि बढाएको छ ।


नगरपालिकाले चालु आर्थिक वर्षमा ‘मेरो नगर म आफै सफा गर्छ’ भन्ने नीति अन्र्तगत नगरपालिकाले सरसफाई अभियानलाई सञ्चालन गरेको गरेको छ । शनिबारको सरसफाई अभियानमा महिला तथा बालबालिका समिति सभापति एंव संघिय सांसद निरु देवि पाल, जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख सुरेन्द्र विष्ट, कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, २५ नम्बर बाहिनिका बाहिनीपति कृष्ण बहादुर जिसी, जिल्लाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमा प्रशाद चतुर्वेदी लगायत जनप्रतिनिधि, कर्मचारी, संघ संस्थाका प्रतिनिधिसहित स्थानीयको सहभागीता रहेको थियो ।


फोहरमैला व्यवस्थापन सम्बन्धि जनचेतना जगाउने र फोहरमैला व्यवस्थापनलाई प्रभावकारी तवरले व्यवस्थापन गर्न सहयोग पुग्ने उद्देश्यका साथ युएनडिपीको आर्थिक सहयोगमा भीमदत्त नगरपालिकाले निड्स नेपालसँगको साझेदारीमा हरित पुनःस्थापना प्रवर्द्धन परियोजना सञ्चालन भईरहेको छ ।


सरसफाई अभियानका सहभागी हुदैँ महिला तथा बालबालिका समितिका सभापती निरु देवि पालले नगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियान एकदमै राम्रो रहेको बताउनु भयो । उहाँले आफ्नो नगर आफै सफा गर्ने नगरको नीतिलाई सबै मिलेर सफल पार्न आग्रह समेत गर्नु भयो ।  सबै नागरिकले सचेत र जिम्मेवार भए नगर सुन्दर सफा बन्ने उहाँको भनाई छ ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले पनि सबैले सरसफाई अभियानमा हातेमालो गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक नगर सफा र सुन्दर बनाउन सबैले आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।


सरसफाई अभियानमा नेपाली सेनाले पनि नगरपालिकासँगसँगै जोडिएको २५ नम्बर बाहिनीपति कृष्ण बहादुर जिसीले बताउनुभयो । उहाँले अभियानलाई सफल पार्न नेपाली सेनाले आवश्यक सहयोग गर्ने उल्लेख गदैँ दिगो सरसफाईका लागि नागरिक जिम्मेवार हुनुपर्ने बताउनु भयो ।


कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा प्रशाद चतुर्वेदीले पनि सरसफाईमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । अभियान नेपाल प्रहरीले नियमित सहयोग गर्ने उहाँका भनाई छ ।


त्यस्तै नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले ‘मेरो नगर म आफै सफा गर्छ’ भन्ने नीतिका साथ अभियानलाई अघि बढाएको बताउनु भयो । उहाँले नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन नगरपालिले सबै क्षेत्रसँगको साझेदारीमा कार्यक्रम अघि बढाएको बताउनु भयो । हरेक शनिबार सरसफाईसँगै जन चेतनामुलक कार्यक्रमकलाई पनि जोड दिईने उहाँको भनाई छ । फोहोरबाट मोहर बनाउन सकिने उल्लेख गर्दैँ नगर प्रमुख विष्टले दिर्घकालिन रुपमा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको बताउनु भयो ।


नगरपालिकाको वन, वातावरण तथा सरसफाई शाखा प्रमुख गणेश ठगुन्नाले नगरपालिकाले नियमित सरसफाई अभियानलाई अगाडी बढाउने बताउनु भयो । उहाँका अनुसार सरसफाईसँगै नागरिकलाई आफै सचेत गराउन अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले दैनिक रुपमा सफासफाई कर्मीमार्फत फोहोर संकलन गरि व्यवस्थापन गदैँ आएको छ ।


नगरलाई स्वच्छ र सफा बनाउन परियोजनले काम अघि बढाई सकेको परियोजनाका संयोजक केशबराज पन्तले बताउनु भयो । उहाँले सरसफाईसँग त्यसको दिर्घकालिन समाधानका लागि नगरवासिलाई फोहोरबारे सचेतना जगाईने बताउनु भयो । अभियान आगामी दिनहरुमा स्थानीय सक्रिय सहभागिता र टोल विकाश संस्थाको आगुवईमा साप्ताहिक रुपमा नियमित अभियान सञ्चालन गर्ने योजना उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *