• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा बैशाख २० गतेसम्मका लागि अत्याआवश्यक बाहेकका सेवा प्रवाह बन्द हुने

Byभीमदत्त अनलाइन

१३ बैशाख २०७८, सोमबार १५:३२ १३ बैशाख २०७८, सोमबार १५:३२ १३ बैशाख २०७८, सोमबार १५:३२ ,

महेन्द्रनगर १३ बैशाख ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि अत्याआवश्यक बाहेकका सेवा प्रवाह बन्द गर्ने निणर्य गरेको छ ।

केही नगरवासी र कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमणको थप जोखिम रहेको भन्दैँ नगरपालिकाले बैशाख २० गतेसम्मका सम्पुर्ण सेवा बन्द गर्ने निणर्य गरेको हो ।

सोमबार जारी गरेको सेवा प्रवाह बन्द रहने सम्बन्धी सुचनामा भनिएको छ ‘नगरपालिकाका केही नागरिकहरु तथा कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टी भएको हुदाँ सेवा प्रवाहमा समस्या हुने गरेको र कार्यालय नियमित रुपमा सञ्चालन गर्दा संक्रमणको जोखिम थप भएकाले यस भिमदत्त नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्याआश्वयक बाहेकका सम्पुर्ण सेवाहरु मिति २०७८\०१\१४ गतेदेखि २०७८\०१\२० गतेसम्मका लागि बन्द गरिएको व्यहोरा निणर्यअनुसार जानकारीका लागि अनुरोध गरिन्छ ।’
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्टले केही नगरवासी र कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले अत्याआवश्यक बाहेका सेवा बन्द गरिएको बताउनु भयो ।

उनका अनुसार कार्यालयले बैशाख १४ गते देखि २० गतेसम्म नगरपालिका कार्यालयले अत्याआवश्यक बाहेकका सेवा प्रवाह बन्द गरेका हो ।
सोमबार जारी गरेको सेवा प्रवाह बन्द रहने सम्बन्धी सुचनामा भनिएको छ ‘नगरपालिकाका केही नागरिकहरु तथा कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टी भएको हुदाँ सेवा प्रवाहमा समस्या हुने गरेको र कार्यालय नियमित रुपमा सञ्चालन गर्दा संक्रमणको जोखिम थप भएकाले यस भिमदत्त नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्याआश्वयक बाहेकका सम्पुर्ण सेवाहरु मिति २०७८\०१\१४ गतेदेखि २०७८\०१\२० गतेसम्मका लागि बन्द गरिएको व्यहोरा निणर्यअनुसार जानकारीका लागि अनुरोध गरिन्छ ।’

सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *