• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा भुमी सम्बन्धी लगत संकलन ईकाइको काम जारी, वडालाई निस्सा वितरण गरिदैँ

Byभीमदत्त अनलाइन

२४ श्रावण २०७८, आईतवार १९:३५ २४ श्रावण २०७८, आईतवार १९:३५ २४ श्रावण २०७८, आईतवार १९:३५

महेन्द्रनगर २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका अन्र्तगतको लगत संकलन ईकाइ निरन्तर काम अघि बढाएको छ । भुमी सम्बन्धी समस्या समाधान आयोग अन्र्तगत नगरपालिकाको सहजीकरण समितिले काम अगाडी बढाएको हो ।

नगरपालिकाकाको लगत संकलन इकाईले अव्यवस्थीत बसोबासीको लगत संकलन गरि निस्सा वितरणको काम गरिहेको छ । ईकाइ सर्भेक्षक पंकज जोशीले आयोग खारेज भए पनि नगरपालिका अन्र्तगतको ईकाइले भने काम गरिरहेको बताउनु भयो ।

उहाँका अनुसार १४ वडाको निस्सा वितरण भईसकेको छ भने ५ वटा वडाको मात्रै बाँकी रहेकाले काम ईकाइको कामलाई निरन्तरता दिईएको छ । नगरपालिका भरिमा आठ हजार अव्यस्थीत बसोबासीको आवेदन परेको बताउँदै सर्भेक्षक जोशीले भन्नुभयो । ‘लगत संकलनको काम सकेर निस्सा वितरण गरिरहेका छौँ, केही वडाको काम मात्रै बाँकी छ, कार्यालयबाट आयोग विघटन भए पनि काम गर्न भनेकाले ईकाईको काम तिव्र रुपमा अगाडी बढाएका छौँ ।’

आयोग पुनः गठन भएपछि स्थानीय तह अन्र्तगतका ईकाईले काम गर्नु पर्नेकाले नगरपालिकाको जिम्मेवारी अन्र्तगतको काम भईरहेको उहाँको भनाई छ । त्यस्तै ईकाईले भुमी जाँचपासको काम समेत सुरु गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले वडा नम्बर १६ बाट भुमी जाँचपास कार्य उद्धघाटन गरेको थिए । ईकाईले वडा नम्बर १६ को अमर टोलको नापजाँच सकिएको जनाएको छ ।

नगरपालिकाले आयोगसँगको सहजिकरणमा छिट्टै नै भुमिहिनलाई लालपुर्जा वितरण गर्ने योजना बनाएको थियो । तर वर्तमान सरकारले आयोग नै खारेज गरेपछि भने पुर्जा वितरण कार्य अन्यौलमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *