• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली शुरु, नगर प्रमुखद्धारा उद्धघाटन

Byभीमदत्त अनलाइन

२१ आश्विन २०७८, बिहीबार १५:४८ २१ आश्विन २०७८, बिहीबार १५:४८ २१ आश्विन २०७८, बिहीबार १५:४८

महेन्द्रनगर २१ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । मेट्रिक विधीबाट घर लगायतका संरचनाको नम्बरिङ्ग शुरु गरेको हो । बिहीबार एक कार्यक्रमका नगर प्रमुख सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर प्रणालीको समुद्धघाटन गुर्नभयो ।

बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले मेट्रिक विधीबाट घर लगायतका संरचनाको नम्बरिङ्ग शुरु गर्नु भएको हो ।

‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि हामीले आजदेखि घरको नम्बर हाल्न शुरु गरेका छौँ, उहाँले भने, ‘यो विधिबाट सबै वडाहरुमा सडक र घर नम्बरिङ्ग गछौँ ।’

नगरको एकिकृत दीगो विकास र सम्वृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउँनु हुदै नगर प्रमुख विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताउनु भयो । आईडिसीका लिम लिडर थम्बराज श्रेष्ठले हरेक घरको जानकारी नगरपालिकालाई हुने बताउनु भयो ।

‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाईदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’ मुल सडकदेखि मिटरका हिसाबले घरमा नम्बीरङ्ग गरिने उहाँले बताउनु भयो । सेवा सुविधा लगायत सुझाव संकलन एव अन्य विविध क्षेत्रका कामकाज सहजताका लागि सुविधा हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *