• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा मेयर उद्यमशिलता विकास कार्यक्रमः १४ उद्यमीलाई ६७ लाख ४० हजार सहुलियता कर्जा

Byभीमदत्त अनलाइन

२३ भाद्र २०७८, बुधबार १४:४६ २३ भाद्र २०७८, बुधबार १४:४६ २३ भाद्र २०७८, बुधबार १४:४६

महेन्द्रनगर २३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ युवा उद्यमीलाई बिनाधितो बिनाब्याज सहुलियतपुर्ण कर्जा हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपुर्ण कर्जा उपलब्ध गराईएको हो ।


भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रति उद्यमी पाँच लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने कार्यक्रम सुरु गरेको हो । ‘मेयर उद्यमशिलता विकास कार्यक्रम’ अन्र्तगत बुधबार पहिलो चरणमा छनौट भएको १४ जनालाई चेक हस्तान्तरण गरिएको हो । भीमदत्त नगरपालिकामा आयोजित सहुलियतपुर्ण कर्जा चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्ट, आर्थिक विकास समिति संयोजक डम्बर बहादुर कार्की, बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रशाद जोशीले संयुक्त रुपमा उद्यमीलाई चेक हस्तान्तरण गर्नु भएको हो ।


कार्यक्रममा बैंक शाखा प्रवन्धक जोशीले बिनाधितो सहुलियत कर्जाबारे जानकारी गराउनु भएको थियो । उहाँले नगरपालिकाको सिफारिस अुनसार बंैकले व्यवसायिक कृषी तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी, र दलित सुमदाय व्यवसाय विकास कर्जा गरि पाँच प्रकारका कर्जा लगानी गरिरहेको रहेको बताउनु भयो । बैंकले पहिलो चरण अन्र्तगत ६७ लाख ४० हजार कर्जा लगानी गरेको शाखा प्रमुख जोशीले बताउनुभयो । बैकले दिपेश केरा फर्मलाई दुई लाख ५० हजार, रोजी पोल्टी फर्मलाई चार लाख ९० हजार र अन्य व्यवसायीक फर्मलाई ५\५ लाख कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरेको उहाँको भनाई छ ।


नगरपालिकाको सिफारिसमा बैकले बिनाधितो बिना ब्याज उद्यमीलाई कर्जा दिने र नगरपालिका उद्यमीको ब्याज तिरिदिने सहमती भएको छ । २०७७ कार्तिक २७ गते बैक र नगरपालिकाबिच मेयर उद्यमशिलता विकास कार्यक्रम अन्र्तगत ऋण प्रभाव तथा ब्याज अनुदान सम्बन्धी सम्झौता भएको थियो ।

त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशिलताको विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । ‘हातमा सीप भएका र केही गर्ने ईच्छा भएका युवाहरुले पुजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘नगरपालिकाले व्यवसाय सुरुवातसँगै त्यसको प्रवद्र्धनका लागि लगानी स्वरुप ऋणमा ब्याज अनुदान सहयोग गरेको हो, सबैले उत्पादनसँग जोडिन सक्यो भने देश आत्मनिर्भर र समृद्धितर्फ अघि बढ्छ ।’


साथै नगर प्रखुम विष्टले उद्यमशिलता विकास कार्यक्रम निरन्तर चलिरहने बताउनु हुदैँ दोस्रो चरणको सहुलियता कर्जाका लागि प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन समेत गर्नुभयो । कर्जा लगानीले पुजी अभावमा रहेका व्यवसायीलाई सहयोग पुग्ने उल्लेख गदैँ नगर प्रमुख विष्टले भन्नुभयो ‘बजारको मागका आधारमा आयातित वस्तु भन्दा सस्तो मुल्यमा हामीले वस्तु उत्पादन गर्न सक्नु पर्दछ ।, त्यसले व्यवसाय सबल बन्छ, राष्ट्रिय पुजी निर्माणमा पनि सहयोग पुग्छ ।’ उहाँले अगाडी भन्नुभयो ‘अरुको सिको भन्दा पनि सबैले केही नयाँ गर्ने र भएको कुरालाई फरक तरिकाले गर्न सके मात्रै व्यवसायलाई फष्टाउन सक्छ, त्यतातर्फ युवाले सोच्नु जरुरी छ ।’


त्यस्तै नगरपालिकाले कार्यक्रमबारे आम नगरवासीलाई जानकारी गराउँदै बढी भन्दा बढी उद्यमीलाई कार्यक्रममा जोड्ने र आवश्यता अनुसार सीप मुलक तालिमको आयोजना गरिने समेत नगर प्रमुख विष्टको भनाई छ । नगरपालिकाले चाँडै दोस्रो चरणका सहुलियत कर्जाका लागि आवेदन खोल्ने तयारी गरिरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक डम्बर कार्कीले बताउनु भयो ।

उहाँका अनुसार आवेदन संकलन गरि कार्यविधि अनुसार कर्जाका लागि उद्यमी छनौट गरिनेछन् । त्यस्तै सहुलियत कर्जा पाएका जित पार्कीले बिनाधितो बिना ब्याज कर्जा पाएकोमा खुसी लागेको बताए । बैदेशिक रोजगारीका लागि भारतमा रहेका पार्की स्वदेशमै उद्यम गर्न नेपाल फर्केका थिए । उनले पोल्टी फर्म सञ्चालन गरिरहेको बताउँदै कर्जाले व्यवसाय विस्तार प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *