महेन्द्रनगर, ११ मंसिर
भीमदत्त नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम सहित मनाई रहेको छ । नगरपालिकाले नगरका सम्पुर्ण वडाहरुमा १६ दिनको अवधिमा विभिन्न अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्नेदेखि लिएर अन्य विविध कार्यक्रम तय गरिएका छन् ।
मदन चोकमा आयोपजत कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी सरोकारवाला लगायतको सहभागितामा दीप प्रज्वलन गरी अभियान प्रारम्भ गरिएको नगरपालिकाको महिला विकास शाखाका प्रमुख कुन्ती लेखकले बताउनु भयो ।
उहाँका अनुसार नगरपालिकाका १९ ओटै वडामा सामाजिक परिचालिका मार्फत भीमदत्त नगरपालिकाको महिला विकाश शाखाबाट लैंगिक हिशां सम्बन्धि विभिन्न विषयमा स्थानिय जनप्रतिनिधी, बुद्धिजीवी, महिला समुह, शिक्षक एवम् सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम सञ्चालन भइ रहेका छन् ।
यस अन्र्तगत मगंलबार भीमदत्त नगरपालिका वडा नम्बर ३ मा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ मा महिला समूह, स्थानिय बुद्धिजीविसंग कार्यक्रम गरिएको वडा अध्यक्ष राम बहादुर जप्रेलले बताउनु भयो ।
महिलामाथि हुने घरेलु हिंशाको अन्त्य गर्न र अन्य सबै प्रकारका लैंगिक हिंसाको अन्त्य गर्न सक्दो पहल गर्ने वडा अध्यक्ष जप्रेलले बताउनु भयो ।
कार्यक्रममा सहभागी महिला तथा अन्य सरोकारवालाहरुले लैंगिक हिंसाको अन्त्य गर्न सबैले आ–आफ्नो तहबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगरपालिकाका विभिन्न वडाहरुमा अन्र्तक्रिया कार्यक्रम गर्न मिति नै निर्धारण गरिएको छ ।