• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा शहरी विकास आयोगः योजना बैकको काम गर्दै

Byभीमदत्त अनलाइन

२० मंसिर २०७८, सोमबार १७:४४ २० मंसिर २०७८, सोमबार १७:४४ २० मंसिर २०७८, सोमबार १७:४४

महेन्द्रनगर २० मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माणका योजनालाई थप व्यवस्थीत बनाउन शहरी विकास आयोग गठन गरेको छ । आयोगलाई योजना बैकको अवधारण अनुसार अघि बढार्ईको छ । नेपालका थोरै मात्र स्थानीय तहले सुरु गरेको यो अवधारणमा भीमदत्त सुदूरपश्चिममै पहिलो पालिका समेत हो ।
आयोग नगरपालिकाका योजना तर्जुमा गर्ने, योजनाको प्राथमिकिरण गदैँ त्यसको कार्यान्वयनका लागि बजेट सुनिश्चत गर्ने काम गर्ने छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विकासलाई थप व्यवस्थीत गर्दै तिव्र गतिकासाथ काम गर्न योजना आयोग गठन गरिएको बताउनु भयो । उहाँका अनुसार आयोगलाई योजना बैंकको काम गर्नेछ ।

‘समृद्ध नगरको निर्माणका लागि सबै क्षेत्रको विकासलाई समेटेर लग्नु पर्ने आवश्यक छ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘योजना आयोगलाई जनताको आवश्यकताका आधारमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तर्जुमा गर्छ, त्यसलाई प्राथमिकिरण गरेका कार्यान्वयनका चरणमा जान्छ ।’ योजना तर्जुमा गरि त्यसको बजेट सुनिश्चताका लागि केन्द्र, प्रदेश र अन्य दातृ निकायसँग नगरपालिकाले पहल गर्ने उहाँले बताउनु भयो ।

आयोगका अध्यक्ष समेत रहेको नगर प्रमुख विष्टले भीमदत्तलाई आधुनिक सहर र समृद्ध नगरको विकास गर्न आयोगको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । त्यस्तै नगरपालिकाले नगर योजना परिषद गठन गरेको छ । जसमा केन्द्र, प्रदेश र अन्य सरोकारवाला कार्यालयका प्रमुख एंव्म प्रतिनिधिलाई सदस्यको रुपमा राखिएको छ । आयोगले योजनाको निर्माण तथा कार्यान्वनका लागि तीनै तहका निकायबिच समन्वयकारी भुमी खेल्ने नगर प्रमुख विष्टको भनाई छ ।

त्यस्तै योजना आयोगका उपाध्यक्ष अर्जुन कार्कीले योजनावद्ध विकास निर्माण कार्यलाई अघि बढाउन आयोगले काम गरिहेको बताउनुभयो । उहाँका अुनसार आयोगले टोल विकास संस्थादेखि लिएर विज्ञ समुहसम्म छलफल गरेर आयोगले योजना बनाउने छ । आयोगले लगानीमैत्री वातावरण सिर्जना गरि दातृ निकायलाई योजना कार्यान्वयनका लागि प्रस्ताव राख्ने समेत उहाँले बताउनु भयो । त्यस्तै आयोगका संयोजक नविन भण्डारीले आयोगले पालिकाका विभिन्न शाखासँग छलफल योजना बैंकको काम गरिरहेको बताउनु भयो । उहाँका अनुसार आयोगले नगर प्रोफाईल निर्माण्को काम गरि सकेको छ । आयोगले प्रस्तावित योजनाका बारेमा सम्बन्धित कार्यालय र विषयगत शाखासँग छलफल तथा समन्वय गरि अघि बढाईने उहाँले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *