भीमदत्त २८ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा २० वटा केन्द्रमार्फत कोरोना खोप लगाईने भएको छ । शुक्रबार नगरपालिकाले वडाका विभिन्न केन्द्रमार्फत खोप लगाईने जनाएको छ ।
नगरपालिकाले महाकाली प्रादेशीक अस्पतालसहित १९ वटै वडाका विभिन्न स्वास्थ्य संस्थालाई कोरोना खोप अभियान सञ्चालनका अनुरोध गरेको छ ।
साउन २९ गतेदेखि कोभिसिल्ड(अस्ट्राजेनिका) खोप लगाईने भएको छ । साथै खोप अभियानको दैनिक अनुगमन कार्य जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति, स्वास्थ्य कार्यालय र नगरपालिकाले गर्ने जनाईएको छ ।