• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सामाजिक दुरी कायम गर्दै भीमदत्त नगरपालिकामा मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन

Byभीमदत्त अनलाइन

८ जेष्ठ २०७७, बिहीबार १९:०१ ८ जेष्ठ २०७७, बिहीबार १९:०१ ८ जेष्ठ २०७७, बिहीबार १९:०१

महेन्द्रनगर, ८ जेठ
भीमदत्त नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) लाई मध्यजनर गरी मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकाका सबै वडामा सञ्चालन हुने कार्यक्रम वडा नं. २ बाट सुरु गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) सम्बन्धि परामर्श, स्क्रिनिङ्ग र दीर्घ रोगीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको छ । सबै वडाका तीन तीन स्थानमा सञ्चालन गरिने कार्यक्रम सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका फार्मेसी सहायक जीवन साउँदले बताउनु भयो ।

‘हाल महामारीको रुपमा रहेको कोरोना(कोभिड १९) रोग सम्बन्धी परामर्श र स्क्रिनिङ का साथै दीर्घ रोगीहरुलाई लक्षित गरी सबै वडामा सञ्चालन गर्ने लक्ष्य सहित मेयर टोल टोल आधारभूत स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ’ फार्मेसी सहायक साउँदले भन्नु भयो ।

कार्यक्रमको पहिलो दिन वडा नं. २ का तीन सय ६३ वासिन्दालाई सेवा प्रदान गरिएको छ । वडाका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा स्वास्थ्य जाँचपछि औषधि पनि वितरण गरिएको छ । बिहीबार भीनपा १ मा कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं. १ मा २ सय २४ जनालाई सेवा प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिकाले गत वासिन्दाको स्वास्थ्यमा पहुँच पुगाउन गत वर्ष स्थापना दिवसको अवसर पारी मेयर स्वास्थ्य शिविर कार्यक्रम समेत सञ्चालन गरेको थियो । कोरोना भाइरस महामारीपछि नगरपालिकाले नगर क्षेत्रका दीर्घरोगी, अशक्त, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई सेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *