• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा हाफ म्याराथन तयारी सम्बन्धि बैंक प्रमुखसित छलफल

Byभीमदत्त अनलाइन

९ मंसिर २०७६, सोमबार १६:१८ ९ मंसिर २०७६, सोमबार १६:१८ ९ मंसिर २०७६, सोमबार १६:१८

महेन्द्रनगर, ९ मंसिर
भीमदत्त नगरपालिकाले आगामी पुसमा आयोजना गर्ने जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन प्रतियोगिताका लागि बैंकहरुसित छलफल गरिएको छ । प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन नगरपालिकाको सामाजिक बिकास समितिले बैंकहरुसित नगरपालिकापालिका सभा कक्षमा छलफल गरिएको छ ।

भीनपा सामाजिक विकास समितिका संयोजक हरक सिह धामीले प्रतियोगिताको तयारीका लागि बैंकर्स क्लबमा आबद्ध बैंकका प्रबन्धकहरुसित छलफल गरिएको बताउनु भयो । कार्यक्रममा सहभागी बैंक प्रबन्धकहरुले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आागमी पुस १५ गते जैविक धामिर्क पर्यटकीय मार्गमा दोस्रो हाफ म्याराथन प्रतियोगिता आयोजनाको तयारी गरिएको
छ । स्थानीय तह निर्वाचनपछि नगरपालिकाले नगरलाई खेल पर्यटनका रुपमा विकास गर्न गत वर्षदेखि म्याराथन आयोजना गर्न सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *