• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा १८ औँ धान दिवस तथा रोपाई महोत्सव मनाईयो

Byभीमदत्त अनलाइन

१५ असार २०७८, मंगलवार १२:१५ १५ असार २०७८, मंगलवार १२:१५ १५ असार २०७८, मंगलवार १२:१५

महेन्द्रनगर १५ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले १८ औँ धान दिवस तथा रोपाँई महोत्सव मनाएको छ । मंगलबार भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रोपाँई गरि धान दिवस मनाईएको हो ।

धान उत्पादनमा वृद्धिः सुरक्षा , आत्म निर्भरता र समृद्धि भन्ने मुल नाराका १८ औँ धान दिवस तथा रोपाई महोत्सव–२०७८ मनाईएको हो ।

भीमदत्त नगरपालिकाका आर्थिक विकास समितिका अध्यक्षको डम्बर बहादुर (डिके) कार्कीको अध्यक्षता आयोजना भएको रोपाई महोत्सवमा नगर प्रमुख सुरेन्द्र विष्ट प्रमुख अतिथि, विशिष्ठ अतिथिमा उप–प्रमुख सुशिला चन्द सिंहसहित नगर प्रवत्ता हिमाल चन्द लगायत, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख जनप्रतिनिधि कर्मचारीको सहभागीता रहेको थियो । महोत्सवमा नगर प्रमुख, उप-प्रमुख लगायतका सहभागीले किसानसँगै धान रोपेर दिवस मनाएका हुन् ।

भीमदत्त नगरपालिकाको ८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । नगरपालिकाका १० वडा वडामा धान सुपर जोन र अन्य वडामा पकेट कार्यक्रम पनि सञ्चालनमा रहेको छ । भीमदत्त नगरपालिकाका कृषी शाखा प्रमुख कृष्णदत्त पाण्डेले नगरपालिका खाद्यन्न उत्पादनमा आत्मनिर्भर रहेको बताउनु भयो ।

उहाँ अनुसार नगरपालिका भरीमा ३० हजार छ सय ६० मेट्रिक टन धान उत्पादन हुने गरेकोमा १० हजार सात सय मेट्रिक टनमा नगरपालिकामा खपत हुने गरेको छ ।


उहाँका अनुसार नगरपालिकाले उन्नत विउविजन वितरण, कृषी यान्त्रीकरणमा जोड दिएका कृषी उत्पादनमा वृद्धि हुदैँ गएको छ ।
नगर प्रमुख सुरेन्द्र विष्टले कृषी क्षेत्रको विकास र यान्त्रीकरण कार्य नगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले नगरपालिकाले एक वडा एक उत्पादन, अनुदान, कृषी यान्त्रीकरण, विउबिजन वितरण लगायका कार्यक्रम सञ् चालन गरिरहेको बताउनु भयो । ।  आर्थिक विकास समितिका अध्यक्ष डम्बर कार्कीले कृषी उत्पादन बढाउन यान्त्रीकरणमा जोड दिईने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *