• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त–२ स्थित सरस्वती माविका १६ छात्रालाई साईकल वितरण

Byभीमदत्त अनलाइन

६ फाल्गुन २०७८, शुक्रबार १९:०३ ६ फाल्गुन २०७८, शुक्रबार १९:०३ ६ फाल्गुन २०७८, शुक्रबार १९:०३

भीमदत्त ५ फागुन । 
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ । वडा कार्यालयले गरिब तथा विपन्न परिवारका १६ छात्रालाई साईकल वितरण गरिएको हो । शुक्रबार नगर प्रमुख सुरेन्द्र विष्टले उक्त साईकल विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो ।


विद्यार्थीलाई पठनपाठनमा सहजताका लागि साईकल वितरण गरिएको वडाध्यक्ष डम्बर कार्कीले बताउनु भयो । उहाँका अनुसार अनुसार विद्यालयको शैक्षिक सुधार र सामुदायिक विद्यालयमा छात्राहरु आकृषण बढाउन साईकल वितरण गरिएको हो । स्थानीय सरकारको नेतृत्वपछि विद्यालयको सुधारका लागि नीतिगत र पुर्वाधार निर्माण तिव्र रुपमा भएको उहाँको भनाई छ ।


त्यस्तै साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले सम्रग शैक्षिक सुधारका लागि नगरपालिकाले उच्च स्तरिय शैक्षिक सुधार कार्यदल गठन गरि कार्यदलले दिएको सुझाव अनुसार पालिकाले काम गरिरहेको बताउनु भयो । उहाँले शैक्षीक क्षेत्र सुधारका लागि नगरपालिकाले विद्यालयमा आवश्यक पुर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड दिएको बताउनु भयो ।

जीवन उपयोगी शिक्षाको महत्व बढ्दैँ गईरहेको समयमा नगरपालिकाले प्राविधिक शिक्षामा पनि जोड उहाँको भनाई छ । भीमदत्त नगरपालिकाले लामो समयदेखि प्राविधिक शिक्षा रहेको निजिकरणलाई तोड्दैँ महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकृषण बढाउन विविध कार्यक्रम रहेको बताउँदै सोही अन्र्तगत साईकल वितरण गरिएको नगर प्रमुख विष्टले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *