• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा ३६ हजार जनालाई कोरोना खोप लगाईयो

Byभीमदत्त अनलाइन

१९ श्रावण २०७८, मंगलवार १८:२३ १९ श्रावण २०७८, मंगलवार १८:२३ १९ श्रावण २०७८, मंगलवार १८:२३

भीमदत्त १९ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा करिब ३६ हजार नगरवासीलाई कोरोना खोप लगाएको छ । नगरपालिकाले स्वास्थ्य कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ३५ हजार नौ सय ८६ जनालाई कोरोना खोप लगाएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले पहिलो, दोस्रो चरण र जोनसन गरि नगरवासीलाई कोरोना खोप लगाईएको बताउनु भयो ।
उनका अनुसार पहिलो चरणमा २५ हजार आठ सय ५३, दोस्रो चरणमा तीन हजार सात सय २१ र जोनसन भ्याक्सीन छ हजार चार सय १५ जनालाई लगाईएको छ ।
हालसम्म खोप पाएकामा १७ हजार नौ सय ५७ पुरुष र १८ हजार २९ जना महिलाले कोरोना खोप दिईएको नगरपापलिकाले जनाएको छ ।
नगरपालिकाले संघिय सरकारसँग सम्पुर्ण नगरवासीकालाई खोप दिन पहल गरिरहेको छ । नगरपालिकाले आफै खोप खरिद गरि नगरवासिलाई लगाउन संघिय सरकारसँग अनुमति समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *