• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तलाई खेलकुदमैत्री नगरपालिकाको रुपमा विकास गदैछौँः नगर प्रमुख विष्ट

Byभीमदत्त अनलाइन

१९ कार्तिक २०७८, शुक्रबार ०९:२७ १९ कार्तिक २०७८, शुक्रबार ०९:२७ १९ कार्तिक २०७८, शुक्रबार ०९:२७

भीमदत्त – भीमदत्त नगरपालिका–१२ ले आयोजना गरेको वडास्तरिय टि–२० क्रिकेट प्रतियोगिता समापन कार्यक्रममा बोल्दैँ नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्तलाई खेलकुदमैत्री नगरपालिकाको रुपमा अघि बढाएको बताउनु भयो । उहाँले नगरपालिकामा विभिन्न खेलकुदका पुर्वाधार निर्माणसँगै प्रतियोगिताको आयोजना गरि खेल क्षेत्रका विकास भईरहेको समेत बताउनुभयो ।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उहाँले भीमदत्त नगरपालिकाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वर भुमी भएको बताउँनु हुदैँ त्यसको विकासका लागि नगरपालिले योजनाका साथ काम गरिरहेको उल्लेख गनुभयो ।् उहाँले नगर क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्टिय प्रतियोगितामा सहभागिलाई नगरपालिले सम्मान समेत गर्ने बताउनु भयो ।


त्यस्तै वडाध्यक्ष किसन सिंह देउवाले प्रतियोगिता सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै उहाँले युवाहरुको क्षमता विकासका लागि प्रतियोगिता आयोजना गरिको बताउनुभयो । भीमदत्त नगरपालिका–१२ ले आयोजना गरेको वडास्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ । फाईनल खेलमा वडा नम्बर ५ लाई परिजित गदैँ वडा नम्बर १३ ले उपाधि जितको हो ।

१५ ओभरमा ८९ रन लक्ष्य पन्छ्याएको वडा नम्बर १३ ले खेलमा वडा नम्बर ५ लाई परिजित गदैँ उपाधि जित्यो । १५ ओभरमा ८९ रन लक्ष्य पन्छ्याएको वडा नम्बर ५ ले पुरै ओभर खेल्दैँ ८८ रन मात्रै बनायो । वडा नम्बर १३ ले वडा नम्बर ५ माथि १ रनको रोमाञ्चक जित निकालेको हो । प्रतियोगिताको बिजेता बनेसँगै वडा नम्बर १३ ले एक लाख ११ हजार एक सय ११ रुपयाँ नगद, ट्रफी, प्रमाण पत्रसहित खसि समेत उपहार पाएको छ । भने उप विजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले ५५ हजार पाँच सय ५५ रुपया नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । उक्त नगद, टफी र प्रमाणपत्र नगर नगर प्रमुख सुरेन्द्र विष्टले हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *