• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तलाई देबशक्ति, निरङ्कारी मण्डल र ब्राइट लाइफको सहयोग

Byभीमदत्त अनलाइन

२७ चैत्र २०७६, बिहीबार १७:३१ २७ चैत्र २०७६, बिहीबार १७:३१ २७ चैत्र २०७६, बिहीबार १७:३१

महेन्द्रनगर, २७ चैत
देबशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि., सन्त निरङ्कारी मण्डल ऐठपुर र ब्राईट लाईफ एजुकेशनले बिहीबार भीमदत्त नगरपालिकालाई आर्थिक सहयोग सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागि आर्थिक सहयोग गरिएको छ ।

देबशक्ति सहकारीले ११ हजार, सन्त निरङ्करी मण्डलले २० हजार र ब्राइट ब्राईट लाईफ एजुकेशनले १० हजार सहयोग गरेको छ । निरङ्कारी मण्डल र ब्राइट लाइफले नगर प्रमुख सुरेन्द्र विष्टलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको छ । मण्डलका अध्यक्ष नर बहादुर बिक र ब्राइट लाइफका सञ्चालक देवराज पन्तले नगर प्रमुख विष्टलाई चेक हस्तान्तरण गर्नु भयो ।

देबशक्ति सहकारीले विपद् व्यवस्थापन कोषको राष्ट्रिय बाणिज्य बंैंकमा रहेको खातामा सहयोग जम्मा गरिएको छ । सहकारीका कार्यकारी प्रमुख मदन सिह धामीले विपद व्यवस्थापन कोषमा सहयोग गरेको जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *