• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तलाई पिसिआर मेसिन किन्न कञ्चन विद्या मन्दिरको सहयोग

Byभीमदत्त अनलाइन

२ असार २०७७, मंगलवार १४:५४ २ असार २०७७, मंगलवार १४:५४ २ असार २०७७, मंगलवार १४:५४

महेन्द्रनगर, २ असार
भीमदत्त नगरपालिकालाई कोरोना भाइरस संक्रमण(कोभिड १९) को परीक्षणका लागि पिसिआर मेसिन किन्न आर्थिक सहयोग गरिएको छ । कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले नगरपालिकालाई सहयोग गरेको छ ।

कलेजले सोमबार एक लाख एक लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

कलेज प्रमुख डा.राज कुमार साउँद, सदस्य उत्तम विष्ट, विद्यार्थी नेता भुवन विष्टको उपस्थितिमा कलेजका अध्यक्ष दुर्गा प्रसाद जोशीले सहयोग रकम हस्तान्तरण गर्नु भयो ।

भीमदत्त नगरपालिकाले गत साता कोरोना परीक्षणका लागि पिसिआर मेसिन किन्ने निर्णय गरेको थियो । नगरपालिकाले मेसिन किन्ने निर्णय गरेपछि विभिन्न क्षेत्रबाट सहयोग आउन गर्न थालिएको छ । नगरपालिकामा मेसिन खरिद प्रक्रिया अघि बढेको छ ।

सहयोग रकम हस्तान्तरणपछि कलेजका प्रमुख साउँदले कोरोना महामारी विरुद्धको लडाईमा नगरपालिकालाई सहयोगका लागि रकम हस्तान्तरण गरिएको बताउनु भयो ।

‘भीमदत्त नगरपालिकाको पहलमा कलेजको साथ र समर्थन हुन्छ, यो रकमले मेसिन किन्न सहयोग पुगोस भन्ने हो’ कलेज प्रमुख साउँदले भन्नु भयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले कलेजको कोरोना महामारी विरुद्ध लड्न नगरपालिकालाई गरेको सहयोग महत्वपूर्ण भएको बताउनु भयो ।

‘निजी, संस्थागत क्षेत्रबाट सहयोग आएसंगै नगरपालिकालाई कोरोना महामारीसंग लड्न सहज हुन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यसका लागि नगरपालिका कलेजप्रति आभार सहित धन्यवाद व्यक्त गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *