महेन्द्रनगर, २५ मंसिर
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले भीमदत्त नगरपालिकालाई विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । रेडक्रस सोसाइटीको महाकाली नदी समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना अन्र्तगत नगरपालिकालाई सामाग्री हस्तान्तरण गरिएको हो ।
भीमदत्त नगरपालिकामा कार्यक्रम गरी सामाग्री हस्तान्तरण गरिएको छ । रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेतीले भीमदत्तका कार्य वाहक नगर प्रमुख नगर उप प्रमुख सुशिला चन्द सिहलाई सामग्री हस्तान्तरण गर्नु भयो ।
भीनपा नगर उप प्रमुख चन्दले रेडक्रसले सहयोग गरेका सामग्रील नगर क्षेत्रमा विपद् जोखिम परेको वासिन्दाको उद्धार गर्न सहयोग पुग्ने बताउनु भयो । ‘यस नगरपालिकाका पनि ब्रह्मदेबदेखि झोलुङ्गे पुलसम्म महाकाली नदीको क्ष्ँेत्र छ, अन्य स्थानमा पनि विपद्को समस्या आई रहन्छ’ कार्य वाहक ननगर प्रमुख चन्दले भन्नु भयो, ‘यस्तो अवस्थामा यी सामाग्रीबाट उद्धार कार्य गर्न सकिन्छ, यसबाट ठूलो सहयोग हुन्छ ।’
कार्य वाहक नगर प्रमुख चन्दले विपद् अनपेक्षित रुपमा आउने भएकाले पूर्व तयारी गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नगरपालिका रेडक्रससित सहकार्य गरी जाने बताउनु भयो । कार्यक्रममा रेडक्रसका जिल्ला सभापति उप्रेतीले रेडक्रस र भीमदत्त नगरपालिकाले विपद् न्यूनीकरणका लागि साझेदारी गर्दै आएकाले यसलाई निरन्तरता दिइने बताउनु भयो ।
रेडक्रसले अढाई लाख बराबरको लाइफ ज्याकेट, डोरी, प्टी हेल्मेट, माक्स, रेन कोट, सेप्टी बुट, मेघाफोन, रेस्क्यु डोरी, लाईफ ज्याकेट, लगायतका सामग्री सहयोग गरेको छ । विपद जोखीम व्यवस्थापन तथा प्रतिकार्यको लागी स्थानिय तहलाई विपद प्रतिकार्य सामाग्रि वितरण गरीएको रेडक्रस शाखा महेन्द्रनगरका सभापति टेकराज उप्रेतीले बताए ।
रेडक्रसले भीमदत्त र माहाकाली नगरपालिकामा महाकाली नदी किनारलाई लक्षित गरी परियोजना सञ्चालन गर्र्दै आएको छ । रेडक्रसको महाकाली नदी समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजनाका फिल्ड संयोजक गोविन्द पन्तले माहाकाली नगरपालिकामा पनि सामाग्री हस्तान्तरण गरिने बताउनु भयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा भीनपा वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, रेडक्रसका उप सभापति नर बहादुर राना, परियोजनाका फिल्ड संयोजक पन्त, एमरेड परियोजनाका दोस्रोका महेश घिमिरे, ज्योति अवस्थी लगायतका सहभागी हुनु भएको छ ।
भीमदत्त नगरपालिकामा रेडक्रससित विपद् व्यवस्थापन, रक्त सञ्चार सेवा केन्द्र लगायतका कार्यमा साझेदारी गरिएको
छ । भीमदत्त र रेडक्रसको साझेदारीमा भीनपा १० को श्रीलंका टोलमा कल्भर्ट निर्माण गरिएको छ । बाढीको समयमा स्थानीयलाई उद्धार गरी वस्तीमा ल्याउन साझेदारीमा कल्भर्ट निर्माण गरिएको छ ।
यसैगरी भीनपा ९ को मुसेट्टीमा महाकाली नदीको कटान रोक्न तटबन्ध निर्माण गरिएको छ । भीमदत्तले रक्त सञ्चार केन्द्रका लागि गत वर्षदेखि आर्थिक सहयोग गरेको छ । केही दिन अघि तीन लाख सहयोग गरिएको थियो ।