• Thu. Nov 14th, 2024

भीमदत्तलाई यसरी उज्यालो बनाउँदै छन् मेयर

Byभीमदत्त अनलाइन

२९ आश्विन २०७६, बुधबार १४:५४ २९ आश्विन २०७६, बुधबार १४:५४ २९ आश्विन २०७६, बुधबार १४:५४

महेन्द्रनगर, २९ असोज
भीमदत्त नगरपालिकाले उज्यालो भीमदत्त कार्यक्रम अन्र्तगत यस वर्ष नगर क्षेत्रमा एक सय बढी सौर्य बत्ती जडान गरिने भएका छन् । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी प्रतिबद्धता अनुसार गत भीमदत्त उज्यालो कार्यक्रम सुरु गरिएको हो ।

चालु आर्थिक वर्ष २०७६÷०७७ मा नगर क्षेत्रमा एक सय १० सौर्य बत्ती जडान गरिने भएका छन् । चालु आर्थिक वर्षमा ९४ सौर्य बत्ती बत्ती जडान गरिएको छ । गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पूरानो वसपार्कसम्म सौर्य बत्ती जडान गरिएका थिए । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा सौर्य बत्ती जडान गरिएका हुन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले उज्यालो नगर बनाउने चुनावी प्रतिवद्धता अनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । ‘गाउँ सहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम सुरु गरिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘ यो कार्यक्रमबाट बिजुली नपुगेका दुरदराजका क्षेत्रमा उज्यालो पुगाउने लक्ष्य पनि हो ।’

भानुचोक महेन्द्रनगर बजार प्रवेशको मुख्य नाका भएकाले गत वर्ष पूरानो वसपार्कसम्म बत्ती जडान गरिएको थियो ।
भीमदत्त नगरपालिकाल र क्षेत्रीय सहरी विकास आयोजना संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीको साझेदारीमा यस वर्ष एक सय १० सौर्य बत्ती जडान गरिने कार्यक्रम बनाइएको छ ।

महाकाली नदीको झोलुङ्ग पुलमा सौर्य बत्ती जडान गरिएका छन् । पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्य बत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसंग सहकार्य गरिएको छ ।

उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेट समेत बढाएको छ । गत वर्ष २० लाख बजेट विनियोजन गरिएको यो कार्यक्रमका लागि चालु आर्थिक वर्ष ५० लाख छुट्याइएको छ । ‘सबै वस्ती टोलबाट उज्यालोको माग भएको छ, त्यस अनुसार कार्यक्रम सञ्चालन गरिएको छ, गत साल भन्दा यो वर्ष बजेट बढाएका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो । 

भीमदत्त नगरपालिकाको नगर सभाबाट उज्यालो कार्यक्रमका लागि वडाहरुमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाले प्राथमिकता दिएको यो कार्यक्रम अन्र्तगत वडाहरुमा सौर्य बत्ती र सडक बत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ ।

खल्ला, टुँडीखेल र मसेट्टीमा विद्युत पुगाउने तयारी


भीमदत्त नगरपालिका वडा नं. ९ मा पर्ने खल्ला, टुँडीखेल र मसेट्टीमा विद्युत पुगाउने तयारी गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले ती वस्तीमा विद्युतीकरण कार्य सुरु गर्ने तयारी गरिएको जानकारी दिनु भयो ।

‘विजुलीको सुविधा नभएको ठाउँमा बिजुली पु¥याउने योजनामा हामी छौँ, पहिलो प्राथमिकतामा खल्ला मसेट्टी रहेको छ,’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसको प्रक्रिया सुरु भएकाले यसमा सबै नगरवासीले सहयोग गर्नु पर्छ ।’

खल्ला मसेट्टीलाई बिद्युतिकरणमा जोड्नका लागि विद्युत विभागले सर्भे गरिएको नगर प्रमुख बिष्टले बताउनु भयो ।
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले खल्ला मुसेट्टीसम्म पहिलो पटक यातायात सेवा पुगाउनु भएको छ । खल्लामा पहिलो पटक विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *