महेन्द्रनगर, २९ चैत
भीमदत्त नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि गरिएका काम र भावी योजना सम्बन्धि राजनीतिक दलहरुसंग समीक्षा बैठक गरिएको छ ।
भीमदत्त नगरपालिकामा गरिएको छलफल कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना रोकथामका लागि हालसम्म गरिएका काम, प्रयास र चुनौतीहरु सम्बन्धि जानकारी गराउनु भयो ।
नगर प्रमुख विष्टले कोरोना महामारी विश्वका लागि चुनौती बनेकाले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले आपशी सहकार्य र समन्वउ गरी कोरोना विरुद्ध लडाई जित्नु पर्नेमा जोड दिनु भयो ।
बैठकमा राजनीतिक दलहरुले आगामी दिनमा कोरोना विरुद्ध सबैले एकजुट भएर जाने प्रतिवद्धता जनाउँदै लकडाउन पूर्ण पालनाका लागि सबैमा हार्दिक आग्रह गरेको छ ।