महेन्द्रनगर, १२ बैशाख
होली फेमली ग्रुफ अफ स्कुलले भीमदत्त नगरपालिकाका चार वडाका अढाई सय विपन्न परिवारलाई राहत सहयोग गरेको छ । होली फेमलीले ७, ८, ९ र १० नम्बर वडाका वासिन्दालाई सरकारी मापदण्ड अनुसार राहत सहयोग गरेको छ ।
विद्यालयले वडा कार्यालयलाई राहत हस्तान्तरण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । होली फेमली ग्रुफ अफ स्कुलका चेयरमेन भुपाल सिह विष्टले सामाजिक उत्तरदायित्व अन्र्तगत चार वडाका २ सय ६० परिवारलाई वडा कार्यालय मार्फत राहत हस्तान्तरण गरिएको बताउनु भयो ।
‘कोरोना महामारीले विश्व जन समुदाय त्रासमा छ, लकडाउनका कारण कमजोर अवस्थाका मानिसलाई समस्या छ,यो अवस्थामा सामाजिक उत्तरदायित्व अन्र्तगत राहत सहयोग गरिएको छ’ चेयरमेन विष्टले भन्नु भयो ।
होली फेमली ग्रुफ अफ स्कुल अन्र्तगतको ब्रह्मदेब चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल महादेब भट्टले सरकारी मापदण्ड अनुसार भीमदत्त नगरपालिकाले कोरोना भाइरस १० किलो चामल, एक किलो दाल, नुन सहितका राहत सामाग्री सहयोग गरिएको बताउनु भयो ।