महेन्द्रनगर, ३ भदौ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट चीन प्रस्थान गर्नु भएको छ । स्मार्ट सिटी सम्बन्धी अध्ययनका लागि नगर प्रमुख विष्ट सहित अन्य स्थानीय सरकारका प्रमुख उप प्रमुख मंगलबार चीन प्रस्थान गर्नु भयो ।
सरकारले भीमदत्त नगरपालिकाका प्रमुख विष्ट सहित सात स्थानीय तहका प्रमुख उप प्रमुखलाई चीन विकास, पूर्वाधार निर्माण, सहरीकरण लगायतका विषय अध्ययनका लागि चीन पठाउने निर्णय गरेको थियो । सरकारको सोही निर्णय अनुसार वहाँहरु मंगलबार चीन प्रस्थान गर्नु भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले चीनको विकास, पूर्वाधार, आर्थिक प्रगति, स्मार्ट सिटी लगायतका विषयमा अध्ययन गर्न चीन भ्रमण थालिएको बताउनु भयो । ‘भीमदत्त गरपालिका सहित अन्य स्थानीय तहका प्रमुख उप प्रमुख सहित भ्रमणमा छौ, त्यहाँ स्मार्ट सिटी, त्यसका पूर्वाधार, विकास चरण लगायतका विषयमा अध्ययन गरिनेछ’ नगर प्रमुख विष्टले भन्नु भयो । नगर प्रमुख विष्ट ९ दिन बढी चीनमा बस्नु हुनेछ ।
केही दिन अघि मात्रै नगर प्रमुख विष्ट सिंगापुर, इण्डोनेशिया र मलेसियामा लेदोजन्य पदार्थ व्यवस्थापन प्लान्ट अध्ययन गरी फर्किनु भएको थियो ।