• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाका सम्पूर्ण बालवालिकाहरुले लगाए खोप

Byभीमदत्त अनलाइन

१९ असार २०८०, मंगलवार ०१:२१ १९ असार २०८०, मंगलवार ०१:२१ १९ असार २०८०, मंगलवार ०१:२१

महेन्द्रनगर । कञ्चनपुरको सबैभन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिकाका सम्पूर्ण बालवालिकाहरुले खोप लगाएका छन् । मंगलवार एक कार्यक्रमका बिच भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।

भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीका अनुसार ०–१५ महिना, १६–२३ महिना र १६–५९ महिना उमेर समुहका बालवालिकाहरुलाई लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाइएकोले भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

नगरपालिकामा रहेका ०–१५ महिना उमेर समुहका १ हजार ९ सय ३८ जना र १६–५९ महिना उमेर समुहका ५ हजार ७ सय ५९ जना बालवालिकाहरुलाई लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा,विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख राम कुमारी राना,नगर उप–प्रमुख नीलम लेखक जोशी,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले प्राणघातक रोगहरुबाट बालवालिकाहरुलाई जोगाउन खोप लगाउन अनिवार्य रहेको कुरालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले नगरका सम्पूर्ण बालवालिकाहरुलाई खोप लगाएर पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएकोमा बधाई दिदैँ यसको दिगोपनामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *