महेन्द्रनगर, ४ माघ
भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलिया परिवारका लागि निर्माण गरिएको वस्ती हस्तान्तरण गरिएको छ । भूमि सुधार सहकारी तथा गरीबि निवारण मन्त्रालयले शनिबरा बस्तीमा औपचारिक कार्यक्तम गरी वस्ती हस्तान्तरण गरेको छ ।
मन्त्री पदमा अर्यालले वस्तीमा ज्येष्ठ सदस्य धनी लुहार दम्पत्तिलाई घरको चाबी हस्तान्तरण गर्नु भयो । घरको ढोका ढोका खोलेर लुहार दम्पत्तिलाई घर प्रवेश गराई साँचो हस्तान्तरण गर्नु भयो । ‘हलिया प्रथा कलंकको रुपमा थियो, त्यसबाट मुक्ति पाइएको छ, अब आत्मनिर्भर बनेर स्वभिमान बन्नु पर्छ’ मन्त्री अर्यालले भन्नु भयो ।
दासत्वबाट मुक्त भएकाले अब मुक्त हलिया भनि राख्नु पर्ने आवश्यकता नभएको उल्लेख गर्दै उनले विशेष सूचीमा राखेर गरीवि निवारणका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । ‘सरकारले विशेशष सूचीमा राखेर कार्यक्रम ल्याउँछ, अब हलिया हलिया भन्नु पर्ने अवस्था हुँदैन’ मन्त्री अर्यालले भन्नु भयो, ‘गरीबको सूचीमा राख्ने र गरीबलाई धनी बनाउने कार्यक्रम ल्याउँछौ ।’
सरकारी पुनस्र्थापन कार्यक्रम अन्र्तगत बागफाँटामा तीन दर्जन परिवारलाई घर निर्माण गरी पुनस्र्थापन गरिएको थियो । मन्त्री अर्यालले वस्ती हस्तान्तरण गरेपछि वस्तीका वासिन्दाले दासत्वको पीडा हल्का भएको सुनाउनु भयो । ‘बाजे बराजुका पालादेखि हलो जोत्दै आयौ, अहिले आएर घर पार्यौ, खुसी लागेको छ, पीडा हल्का भयो’ मन्त्री अर्यालयले साँचो हस्तान्तरण गरेपछि वस्तीका ज्येष्ठ सदस्य लुहारले भन्नु भयो, ‘हामलाई त राम्रो नै भयो ।’
दार्चुलाको पिपलचौर पुख्र्यौलीका ५० वर्षिय लुहार २०४५ मा तराई झर्नु भएको थियो । मन्त्री अर्यालले लुहार सहित उनकी धर्मपत्नि सीतादेबीलाई साँचो हस्तान्तरण गर्नु भएको थियो । व्यवस्थित वस्ती हस्तान्तरण कार्यक्रममा वस्तीकी आरती सुनारले स्वागत गीत गाउँदै विगत पीडा सुनाउनु भएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले दासत्व प्रथा मानव सभ्यताकै कलंक भएकाले सबै नागरिकले समान रुपमा बाँच्नु पाउनु पर्नेमा जोड दिनु भयो ।
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्टले संविधानको व्यवस्था अनुसार गरीब विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको बताउनु भयो । ‘संविधान बनायौ, त्यसमा आवाशको हक राख्यौ, त्यहीं अनुसार यो कम्युनिष्ट पार्टीको सरकारले घर निर्माण गरी आज हस्तान्तरण गरेको छ’ साँसद भट्टले भन्नु भयो, ‘अब रोजागरी सिर्जनाका लागि कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर बनाउँछौ ।’
साँसद भट्टले निर्वाचन पूर्वाधार कार्यक्रम अन्र्तगत गत वर्ष भीमदत्त र माहाकाली नगरपालिकामा ३५ घर निर्माण गरिएको उल्लेख गर्दैै यस वर्ष ७० घर निर्माण हुने बताउनु भयो । ‘यस वर्ष ७० घर बनाउँछौ, त्यसमा मुक्त हलियाका ४० घरसम्म हुने छन्’ साँसद भट्टले भन्नु भयो, ‘त्यसका लागि दुई करोडको बजेटसम्म व्यवस्था गर्छौ ।’
कञ्चनपुर क्षेत्र नं. २ का साँसद नर बहादुर धामीले विगतका शासकहरुका कारण जनता भूमिहिन बस्नु परेको उल्लेख गर्दैै सरकारले अब कोही पनि जग्गा विहिन नहुने बताउनु भयो । ‘हिजो राज्य सत्तामा पहुँच हुनेले आफ्ना परिवारका सबैको नाममा जग्गा दर्ता भयो, त्यसपछि घर बाँकी रहेको कुकुरको नाममा समेत गरियो, आफन्तको नाममा गरियो’ साँसद धामीले भन्नु भयो, ‘अब कोही पनि नागरिक जमिनबाट वञ्चित हुँदैन ।’
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मुक्त हलियाले सुरक्षित आवाश पाएकोमा बधाई दिर्दै वस्तीलाई व्यवस्थित बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । ‘वस्ती व्यवस्थित बनाउन सहयोग गर्छौ, यस वर्ष बजेट विनियोजन भएको छ, थप पूर्वाधार बनाउन सहयोग गर्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘प्रदेश र संघ सरकारसित पनि वस्तीको विकासका लागि पहल गर्छौ ।’
सुरक्षित बसोबास पाई सकेकाले वस्तीका वासिन्दालाई आय आर्जनसित जोड्न छलफल सुरु गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जनताको आय आर्जनसित जोड्ने बेल्डाँडीमा प्रवेशद्वार निर्माणका पहल गरिएको र शुक्लाफाँटा किनार पर्यटन मार्ग निर्माण गरिएको नगर प्रमुख विष्टको भनाई थियो ।
कार्यक्रममा प्र्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले मुक्त हलिया पुनस्र्थापनमा स्थानीय प्रशासनले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । पूर्व सभासद् मुक्त हलिया आन्दोलनका अगुवा हरि श्रीपाईलीले दार्चुलाको उकुबाट मुक्ति आन्दोलन सुरु गरिएको स्मरण गर्दै सबैको साथ र सहयोगबाट पुनस्र्थापन पुगेको बताउनु भयो ।
‘हिजो घडी किनेको बहानामा पुस्तौसम्म हलो जोतिएको छ, कपडा दिएर वर्षौसम्म हलो जोताइएको छ’ पूर्व सभासद् श्रीपाइलीले भन्नु भयो, ‘२०६५ मा मुक्ति भएर पुनस्र्थापन गरिएको छ, यो पूरा भएको छैन, मन्त्रीज्यूको कार्यकालमा पूरा हुने आशा लिएका छौ ।’
हलिया आन्दोलनका अगुवा श्रीपाईको अगुवाईमा २०५६ मा दार्चुलाको उकुबाट हलिया मुक्ति आन्दोलन सुरु भएको थियो ।
कार्यक्रममा वस्ती निर्माणमा सहयोग गर्ने ह्याविवेट नेपालका रामशरण दर्नाल र जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले मुक्त हलिया पुनस्र्थापनलाई छिटो टुङ्गोमा पुगाउन मन्त्री अर्यालसित आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपाका साँसद निरुदेबी पाल, नेकपा केन्द्रीय सदस्य राजेन्द्र सिह रावल, पूर्व सभासद् कृपाराम राना, भीनपाका नगर उप प्रमुख सुशिला चन्द सिह, जनप्रतिनिधि लगायतका सहभागी हुनु भएको छ ।